काठमाडौँ — शहरी विकास मन्त्रालय अन्तर्गत नगर विकास कोषको कार्यकारी निर्देशकमा इञ्जिनियर विनोद पण्डित नियुक्त भएका छन् ।
आइतबार पण्डितले कोषको कार्यकारी निर्देशककारुपमा कार्यभार सम्हालेका हुन् । नगर विकास कोष कार्यकारी निर्देशक छनौट समितिले चितवनका पण्डितको नाम सिफारिस गरेको थियो ।
पण्डित नेपाल इन्जिनियर्स एसोसियसनका महासचिव समेत हुन् ।
