दुई दिनपछि ४९.१८ अंकले बढ्यो नेप्से

आश्विन ९, २०८१

कान्तिपुर संवाददाता

After two days, NEPSE increased by 49.18 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ४९.१८ अंकले बढेको छ । दुई कारोबार दिनपछि नेप्से बढेको हो । गत सोमबार र मंगलबार क्रमश ५९.०२ र ५८.९३ अंकले घटेको थियो भने आइतबार ११.५८ अंकले बढेको थियो ।

नेप्से एक दशमलव ९९ प्रतिशतले बढेर २५१९.५७ विन्दुमा पुगेको छ । २२३ कम्पनीको मूल्य बढ्यो । १८ कम्पनीको मूल्य घट्यो । ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता सेयर किनबेच भए । कुल ६९ हजार ४१८ पटकको सेयर किनबेचबाट ४ अर्ब ८१ करोड ३२ लाख रूपैयाँ सेयर कारोबार भएको छ । 

म्युचअल फन्ड बाहेक सबै उपसमूहहरु बढे । सबैभन्दा बढी जिवन बिमा २३१.४१ अंकले बढ्यो । होटल तथा पर्यटन उपसमूह २१०.०६ अंक, निर्जीवन बिमा २०९.०१, विकास बैंक १३३.३७ अंक र फाइनान्स १०३.६१ अंकले बढेको छ । 

कान्तिपुर

Link copied successfully