सवा १२ अर्ब कारोबार, ३६.८३ अंकले घट्यो नेप्से

भाद्र १३, २०८१

कान्तिपुर संवाददाता

1.12 billion turnover, NEPSE decreased by 36.83 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ३६.८३ अंकले घटेको छ । नेप्से आज १.३२ प्रतिशतले घटेर २७४९.५७ विन्दुमा ओर्लिएको छ ।

कुल ५३ कम्पनीको मूल्य बढ्यो भने १८८ कम्पनीको मूल्य घट्यो । २ कम्पनीको मूल्य स्थिर रह्यो । कुल १३ उपसमुहमा म्युचअल फन्ड शून्य दशमलव १० प्रतिशतले वृद्धि भयो भने अन्य सबै उपसमहुहरु घटे । 

जिवन बिमा २८८.८१ अंक, निर्जीवन बिमा २५२.३३ र होटल तथा पर्यटन १३२.५० अकंले घटेको छ । १ लाख ४६ हजार २०४ पटकको सेयर किनबेच भयो । कुल २ करोड ८३ लाख ४६ हजार २४६ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँ कारोबार भएको छ । 

कुथेली बुखारी स्मल हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो । थ्री स्टार हाइड्रोपावरको मूल्य १० प्रतिशतले घट्यो । 

कान्तिपुर

Link copied successfully