कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

१११.९६ अंकले घट्यो नेप्से

भाद्र ११, २०८१
१११.९६ अंकले घट्यो नेप्से

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १११.९६ अंकले घटेको छ । मंगलबार ३ दशमलव ८६ प्रतिशतले घटेर नेप्से २७८२.६० विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ७९‍.८८ अंकले घटेको थियो ।

कुल २ लाख ३४ हजार ३६० वटा कारोबार भए । कुल ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता सेयर किनबेच भए । आज १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज कुल २० कम्पनीको मूल्य बढ्यो भने २२३ कम्पनीको मूल्य घट्यो । १ कम्पनीको मूल्य स्थिर रह्यो । तारागाउँ रेजेन्सी होटल, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र डोल्टी पावर कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो ।

कारोबार रकमको आधारमा हिमालयन रिइन्स्योरेन्स, अपि पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र नेपाल फाइनान्स अघि रहे । हिमालयन रिइन्स्योरेन्सको ६५ करोड ४२ लाख रुपैयाँको कारोबार भयो ।

प्रकाशित : भाद्र ११, २०८१ १५:१५
x
×