१११.९६ अंकले घट्यो नेप्से

भाद्र ११, २०८१

कान्तिपुर संवाददाता

NEPSE decreased by 111.96 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १११.९६ अंकले घटेको छ । मंगलबार ३ दशमलव ८६ प्रतिशतले घटेर नेप्से २७८२.६० विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ७९‍.८८ अंकले घटेको थियो ।

कुल २ लाख ३४ हजार ३६० वटा कारोबार भए । कुल ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता सेयर किनबेच भए । आज १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

आज कुल २० कम्पनीको मूल्य बढ्यो भने २२३ कम्पनीको मूल्य घट्यो । १ कम्पनीको मूल्य स्थिर रह्यो । तारागाउँ रेजेन्सी होटल, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र डोल्टी पावर कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो ।

कारोबार रकमको आधारमा हिमालयन रिइन्स्योरेन्स, अपि पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र नेपाल फाइनान्स अघि रहे । हिमालयन रिइन्स्योरेन्सको ६५ करोड ४२ लाख रुपैयाँको कारोबार भयो ।

कान्तिपुर

Link copied successfully