कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

असोजमा हस्पिटालिटी कन्क्लेभ हुने

असोजमा हस्पिटालिटी कन्क्लेभ हुने

काठमाडौँ — आर्थिक मन्दी लगायतका समस्या सामना गरिरहेका नेपालका होटलहरुको वर्तमान अवस्था, नीतिगत चुनौती लगायतका विषयमा सरकारलाई सुझाव दिने उद्देश्यले असोज १० गते ‘नेपाल हस्पिटालिटी कन्क्लेभ’ आयोजना हुने भएको छ ।

होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहका अनुसार, बुढानिलकण्ठस्थित लेमोन ट्रि प्रिमियर होटलमा हुने दुई दिने आथित्यता सम्मेलनमा देशभरका ठूला होटल संचालक, लगानीकर्ता, नीति निर्माता, नियामक निकायका पदाधिकारी-कर्मचारी, विषय–विज्ञ लगायतका २ सयभन्दा बढी विज्ञ सहभागी हुने छन् । ‘दुई दिनसम्म संचालन हुने सम्मेलनमा पछिल्लो समय आएको परिवर्तन, नयाँ अभ्यास, स्टार्टअप, होटलमैत्री आईटी प्रविधिको प्रयोग, डिजिटल मार्केटी¨, साझेदारी लगायतका विषयमा छलफल हुने छ,’ अध्यक्ष शाहले भने ।

कार्यक्रममा हानले बिनस्टक एशिया नेपाल, वाटरकम, नेपाल ट्राभलर लगायतका संस्थाहरुसँग साझेदारी गरेको छ । ‘एक वर्षपछि सरकारले विशेष पर्यटन वर्ष–२०२५ र २०८० को दशकलाई नेपाल पर्यटन दशक घोषणा गरेको सन्दर्भमा निजी क्षेत्रले गर्ने यो प्रयासले सरकारलाई नीतिगत विषयमा दिशाबोध गराउन सजिलो हुने छ,’ नेपाल हस्पिटालिटी कन्क्लेभका संयोजक सुबाध थापाले भने,‘नेपालको होटल क्षेत्रमा पछिल्लो समय आइरहेको बृहत्‌स्तरको लगानी, दिगो अभ्यासहरुको बढ्दो आवश्यकता र यस क्षेत्रभित्रको तीव्र प्रतिस्पर्धामा यो सम्मेलन अझ महत्वपूर्ण हुने छ ।’

सम्मेलनमा दर्जन हाराहारी कार्यपत्र प्रस्तुत हुने छन् ।

प्रकाशित : भाद्र ५, २०८१ २१:४९
x
×