कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

कुन देशबाट कति विदेशी लगानी प्रतिबद्धता आयो ?

श्रावण १०, २०८१
कुन देशबाट कति विदेशी लगानी प्रतिबद्धता आयो ?

काठमाडौँ — गत आर्थिक वर्ष ५२ मुलुकबाट ६४ अर्ब २४ करोड ३० लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआइ) प्रतिबद्धता आएको छ । सबैभन्दा बढी चीनबाट २३ अर्ब ९१ करोड ६७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्याेग विभागले जनाएको छ ।

सबैभन्दा कममा टर्की, नर्वे, इटाली, डेनमार्क, पाकिस्ता, आयरल्याण्डलगायत २१ मुलुकबाट प्रति मुलुक २ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागकोकाे तथ्यांक छ । यसअघि आर्थिक वर्ष ०७१/०७२ मा ६७ अर्ब ४५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।

त्यसयता गत आर्थिक वर्ष सबैभन्दा बढी ६४ अर्ब २४ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । आर्थिक वर्ष ०७१/०७२ मा लगानी प्रतिबद्धता भए पनि उक्त वर्ष ४ अर्ब ३८ करोड रुपैयाँ मात्रै लगानी भित्रिएको छ ।

वैशाखमा तेस्राे लगानी सम्मेलन भएकै कारण प्रतिबद्धता बढेको हुन सक्ने विभागका निर्देशक शंकरसिंह धामी बताउँछन् । वैशाखमा १३ अर्ब ४४ करोड रुपैयाँ र जेठमा ११ अर्ब २९ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । साउनमा ११ अर्ब ९३ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । गत आर्थिक वर्षको ११ महिनामा ८ अर्ब २२ करोड रुपैयाँ लगानी भित्रिएको छ ।

विदेशी लगानी प्रतिबद्धता बढे पनि भित्रिने रकम न्यून रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले नै देखाउँछ । प्रतिबद्धता आएको सबै विदेशी लगानी सोही अवधिमा आउँछ वा आउनुपर्छ भन्ने नीतिगत व्यवस्था नरहेको सरोकारवाला बताउँछन् । सरकारले विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्तालाई चरणबद्ध रूपमा (किस्तामा) लगानी भित्र्याउने अनुमति दिने गरेको समेत सरोकारवालाको भनाइ छ । प्रतिबद्धता तथा स्वीकृत रकम एकै पटक नभित्रिने समेत सरकारी अधिकारी नै बताउँछन् ।

गत आर्थिक वर्ष नेपालमा खुद ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ मात्र एफडीआई भित्रिएको छ । कुल ७ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ विदेशी लगानी भित्रिए पनि १ अर्ब ८० करोड ७३ लाख रुपैयाँबराबर पुरानो लगानी बाहिरिएकाले खुद विदेशी लगानी ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ देखिएको छ ।गत आर्थिक वर्ष ३८ अर्ब ४० करोड ७५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएकाे थियाे ।

आर्थिक वर्ष ०७८/७९ मा २९५ वटा उद्योगमा ५४ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । उक्त वर्ष खुद प्रत्यक्ष विदेशी लगानी १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ भित्रिएको थियो । कुल १९ अर्ब २१ करोड ९० लाख भित्रिए पनि ६५ करोड ८७ लाख रुपैयाँबराबर पुरानो लगानी बाहिरिएको थियो । त्यसैले खुद प्रत्यक्ष विदेशी लगानी १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ भित्रिएको हो ।

प्रकाशित : श्रावण १०, २०८१ १३:२८
×