कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८

६ विकास बैंक र ३ फाइनान्स कम्पनी कारबाहीमा

श्रावण ३, २०८१
६ विकास बैंक र ३ फाइनान्स कम्पनी कारबाहीमा

काठमाडौँ — गत आर्थिक वर्षको चौथो त्रैमासमा मात्र नियमविपरीत काम गर्ने ६ वटा विकास बैंक र ३ वटा फाइनान्स कम्पनी नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । 

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट, सिन्धु विकास र एक्सेल डेभलपमेन्ट बैंकलाई कारबाही गरेको हो । यी संस्थाको सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृतहरुलाई कारबाही तथा सचेत गराउने काम पनि भएको छ ।

राष्ट्र बैंकले सिन्धु विकास बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई कारबाही गरेको हो । राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशनविपरीत काम गरेको भन्दै अध्यक्षलाई ५ लाख रुपैयाँ नगद जरिवाना गरेको छ । पुँजी कोषको अनुपात ३२.०९ प्रतिशत अपुग भएको भन्दै सिन्धु विकासलाई कारबाही गरिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

अनिवार्य नगद मौज्दात (सीआरआर) सीमामा नराखेको भन्दै कर्णाली डेभलपमेन्ट बैंक पनि कारबाहीमा परेको छ । राष्ट्र बैंकका अनुसार कर्णाली विकास बैंकलाई २ हजार ५ सय ४६ रुपैयाँ जरिवाना गरिएको छ ।

समयमै वासलात नबुझाएको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंकलाई पनि सचेत गराइएको छ भने नारायणी डेभलपमेन्ट बैंक पनि कारबाहीमा परेको छ । 'समयमै लेखा परीक्षण नगराएको तथा वासलात नबुझाएको भन्दै एक्सेल डेभलपमेन्ट बैंक पनि कारबाहीमा परेको छ भने एक्सेल विकास बैंकलाई सचेत गराइएको छ,’ राष्ट्र बैंकले भनेको छ ।

नियामक निकायको कारबाहीमा पर्ने वित्त कम्पनीहरुमा बेष्ट फाइनान्स, रिलायन्स फाइनान्स र प्रोग्रेसिभ फाइनान्स छन् । नियमविपरीत काम गरेको भन्दै यी संस्थालाई पनि राष्ट्र बैंकले कारबाही गरेको हो ।


प्रकाशित : श्रावण ३, २०८१ १७:१६
x
×