कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

रेमिट्यान्स वृद्धि १९.३ प्रतिशत, ११ महिनामा सवा १३ खर्ब भित्रियो

काठमाडौँ — चालु आर्थिक वर्षको ११ महिनामा मुलुकमा रेमिट्यान्समार्फत १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १९.३ प्रतिशतले बढेको हो । गत वर्षको एघार महिनामा रेमिट्यान्स आप्रवाह २२.७ प्रतिशतले बढेको थियो ।

रेमिट्यान्स वृद्धि १९.३ प्रतिशत, ११ महिनामा सवा १३ खर्ब भित्रियो

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भइ ९ अर्ब ९८ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो ।

एघार महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९ सय ३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७ सय ५ रहेको छ ।

प्रकाशित : असार २६, २०८१ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×