कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विदेशी मुद्रा सञ्चिति पौने २० खर्ब पुग्यो

विदेशी मुद्रा सञ्चिति पौने २० खर्ब पुग्यो

काठमाडौँ — गत जेठ महिनासम्म मुलुकको विदेशी मुद्रा सञ्चिति करिब पौने २० खर्ब रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो २७.८ प्रतिशतले बढेको हो । बुधबार सार्वजनिक नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले गत जेठ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको देखाएको हो । २०८० असार मसान्तसम्म यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति ०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा ०८१ जेठ मसान्तमा २५.७ प्रतिशतले बढेर १४ अर्ब ७२ करोड पुगेको प्रतिवेदनले देखाएको छ ।

चालु आर्थिक वर्षको ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दाबी राष्ट्र बैंकको छ ।


प्रकाशित : असार २६, २०८१ १७:२२
x
×