चितवन — भरतपुरमा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि कुखुरापालन व्यवसायसम्बन्धी अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो सुरु भएको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उद्घाटन गरेको प्रदर्शनी आइतबारसम्म चल्नेछ । प्रदर्शनीको आयोजना नेपाल पोल्ट्री महासंघ र इन्डिया पोल्ट्री इक्युप्मेन्ट एसोसिएसनले संयुक्त रूपमा गरेका हुन् । प्रदर्शनीमा १ सय ५० स्टल राखिएका छन् ।
कोरोनाकालपछि कुखुरापालन व्यवसाय नराम्ररी खस्केको नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले बताए । समस्यामा परेको कुखुरापालन व्यवसायको विकासका लागि आधुनिक प्रविधि अपनाउन अत्यावश्यक भइसकेकामा उनको जोड थियो । ‘पोल्ट्री क्षेत्रले विश्वमा के कस्ता मेसिन, औजार, उपकरण र प्रविधि अपनाएको छ, त्यसलाई देखाउन प्रदर्शनी आयोजना भएको हो,’ विष्टले भने ।
‘स्टलहरूमा आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेन्टन्ट्स, डेरी, पोल्ट्री, दाना, ह्याचरी, मासु उद्योगलाई चाहिने सबै खाले नवीनतम् प्रविधि र औजार उपकरण राखिएका छन् । विकसित देशका प्रविधि चिनाउने र भित्र्याउने अवसरका रूपमा यो एक्स्पोलाई लिएका छौं,’ अध्यक्ष विष्टले भने । कुखुरापालन व्यवसायको विकासका लागि छलफल गर्न तीन दिन नै ‘पोल्ट्री पाठशालासावधानी
अपनाउन मौसमविद्को सुझाव’ चल्ने बताइएको छ । एक्स्पोमा स्वदेशीसँगै भारत, चीन र क्यानडाका विज्ञहरूले
आफ्ना कुरा राख्ने आयोजकले जानकारी दिएका छन् ।
प्रदर्शनीमा नेपालसहित भारत, जर्मनी, बेल्जियम, नेदरल्यान्ड्स, चीन, अमेरिका, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इटाली, इजरायल, बंगलादेशका पोल्ट्रीसँग प्रत्यक्ष र अप्रत्यक्ष संलग्न कम्पनीहरूले स्टल राखेको अध्यक्ष विष्टले बताए । प्रदर्शनीले नेपाली पोल्ट्री उद्योगलाई नयाँ प्रविधि अपनाउन सहयोग पुर्याउने उनले बताए ।
