कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

निकिता पौडेल आवद्ध साई स्वागत सहकारीमा काठमाडौं महानगरपालिकाको छापा

काठमाडौँ — सहकारी ठगीको आरोप लागेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल आवद्ध रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थामा काठमाडौं महानगरपालिकाले छापा मारेको छ ।

निकिता पौडेल आवद्ध साई स्वागत सहकारीमा काठमाडौं महानगरपालिकाको छापा

बचतकर्ताहरुको उजुरीका आधारमा पछिल्ला केही महिनादेखि अनुसन्धानमा तानिएको सो सहकारीमा बुधबार महानगरपालिकाको सहकारी विभागले छापा मारेको हो ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सहकारीमा महानगरपालिकाको टोलीले अनुगमन गरेको र आवश्यक कागजातहरु लिएको बताए । बिजुलीबजारस्थित कार्यालयमा पुगेको नगर प्रहरीसहितको टोलीले सहकारीको पछिल्लो साधारणसभाको उपस्थिति, निर्णयसहितका माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण लगायत कागजात लिएको छ ।

यस्तै धेरै ऋण लैजाने ऋणी, सञ्चालक समितिका सदस्यहरूको विवरण पनि टोलीले ल्याएको छ । सहकारीका विषयमा उजुरी परेपछि यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सो सहकारीको दर्ता, सञ्चालक समिति र कारोबारका विषयमा विवरण उपलब्ध गराउन भन्दै गत मंसिर २१ मा काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको थियो । त्यसपछि महानगरपालिकाले निरन्तर रेकी गर्दै आएको थियो ।

गृहमन्त्री लामिछाने पत्नी पौडेल सो सहकारीकी सेयर सदस्य हुन् । उनी सो सहकारीको निवर्तमान उपाध्यक्ष समेत हुन् ।

प्रकाशित : चैत्र २१, २०८० २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×