कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

दैलेख पुग्यो पेट्रोलियम अन्वेषण उपकरण

ज्योति कटुवाल

सुर्खेत — करिब एक महिना नेपालगन्जको रुपैडिया नाकामा थन्किएका पेट्रोलियम अन्वेषण उपकरण आयोजना स्थलमा पुग्न थालेका छन् । चीनबाट भारतको कोलकाता हुँदै नेपालगन्ज पुगेर रोकिएका सम्पूर्ण उपकरणहरू  भन्सार छुटपत्र पाउनसाथ आयोजना स्थलतिर लागेका हुन् ।

दैलेख पुग्यो पेट्रोलियम अन्वेषण उपकरण

पहिलो लटमा नाकाबाट निस्किएका २२ वटा ट्रक सुर्खेतबाट दैलेख पुगेका छन् । आयोजनाका अनुसार १ सय २८ वटा ट्रक आउने क्रम जारी छ ।

०७९ असोजमा चीनले अन्वेषणका लागि स्थानसमेत छनोट गरिसकेको थियो । भैरवी गाउँपालिका वडा नम्बर-१ को जलजलेका स्थानीयलाई सरकारले मुआब्जासमेत वितरण गरिसकेको छ । उपकरणस्थलमा पुगेसँगै धमाधम जडान गरेर अन्तिम अन्वेषण तयारीमा जुट्ने खानी तथा भूर्गभ विभागले जनाएको छ ।

विभागका प्रमुख दिनेश नापितले ठूला उपकरण बोकेका ट्रक दैलेख पुग्न कठिन हुन सक्ने बताए । ‘साना ट्रकलाई दैलेखको खण्डबाट आउन जान समस्या छैन,’ उनले भने, ‘ठूला ट्रकलाई कर्णाली राजमार्ग हुँदै मध्यपहाडी राजमार्गबाट ल्याउनु पर्छ ।’ २०७२ चैतमा नेपाल र चीनबीच पेट्रोलियम पर्दाथ अन्वेषण तथा उत्खनन गर्ने सहकार्य सहमति भएसँगै २०७५ माघमा चीन र नेपालबीच परियोजना स्वीकृत गरिएको थियो । उपकरण आयोजनास्थल पुगेसँगै जमिनबाट ४ हजार ५ सय मिटरसम्म गहिराइमा पुगेर अन्वेषण गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार ड्रिलको काम सकिएलगत्तै पेट्रोलियम खानीको अवस्था र उत्खनन सम्भावनाको टुंगो लाग्ने बताए । दैलेखका नाभिस्थान, श्रीस्थान, पादुकाका क्षेत्रलाई आधार मानेर ४ सय वर्गकिलोमिटर क्षेत्रफल समेट्ने गरी सर्वेक्षण भएको उनको भनाइ छ ।

प्रकाशित : चैत्र १९, २०८० १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?