कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

मजदुरको समस्या एकद्वार प्रणालीबाट समाधान गर्नेछु : श्रममन्त्री

काठमाडौँ — नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले संसारभर रहेका नेपाली मजदुरका समस्या एकद्वार प्रणालीबाट जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

मजदुरको समस्या एकद्वार प्रणालीबाट समाधान गर्नेछु : श्रममन्त्री

आज पदबहाली गर्दै मन्त्री अर्यालले भने, 'संसारभरि रहेका नेपाली श्रमिकको समस्यालाई एकद्वार प्रणालीबाट सबैभन्दा पहिला समाधानको प्रयास गर्नेछु, त्यो श्रम मन्त्रालयको जिम्मेवारी पनि हो ।' विदेश र स्वदेशमा रहेका श्रमिकको हकहित आफ्नो पहिलो प्राथमिकता हुने उनले बताए ।

त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आज पद बहाली गरेकी छन् । उनले प्रत्यक्ष लाभ हुनेगरी जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

प्रकाशित : फाल्गुन २३, २०८० २२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निर्मला कुर्मीका हत्यारालाई कार्बाहीको माग गर्दै रुबी खान लगायतका अभियन्ताले फेरि सुरू गरेको धर्ना पनि करिब एक महिना हुन लाग्यो तर सरकारले किन वास्ता नगरेको होला ?

×