सामान्य अंकले घट्यो नेप्से, ५ अर्बको कारोबार

पुस १९, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ८. ७१ अंकले घटेको छ । बिहीबार एकल अंकले घटेको नेप्से परिसूचक २ हजार ४९.२८ अंकमा सिमित भएको हो । दिनभर ५ अर्ब ५८ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

११३ वटा कम्पनीको मूल्य बढ्यो भने १२८ वटा कम्पनीको मूल्य घट्यो । ५ वटा कम्पनीको मूल्य स्थिर रह्यो । अधिकांश उपसमूह घट्दा हाइड्रोपावर र व्यापार उपसमुहमा लगानीकर्ताको आकर्षण रह्यो । लगानी र म्युचअल फण्ड उपसमूहमा सामन्य बृद्धि भएको छ । व्यापार उपसमूह ६६.९५ र हाइड्रोपावर ४४.३३ अंकले बढ्यो । लगानी र म्युचअल  फण्ड उपसमूह सामान्य अंकले बढ्यो । जिवन बिमा १३७ र निर्जिवन बिमा १०४.८८ अंकले घट्यो । 

कालिका पावर कम्पनी,सिंगटी हाइड्रोपावर कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो ।  मुक्तिनाथ कृषि कम्पनीको ९.९८ र बिन्दाबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मूल्य ९.३१ प्रतिशतले बढ्यो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, मन्दाकिनि हाइड्रोपावर, नेपार दुरसञ्चार कम्पनी, जानकी फाइनान्स कम्पनी र युनिलिभर कम्पनीको मूल्य घट्यो ।  

कान्तिपुर

Link copied successfully