कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

पर्यटन तथा लगानी प्रवर्द्धन गर्न नेपाल र चीनका व्यवसायीले सहकार्य गर्ने

काठमाडौँ — नेपालमा चिनियाँ लगानी, पर्यटन प्रवर्द्धन र चीनतर्फको निर्यात सहजीकरणका लागि दुवै तर्फका निजी क्षेत्रले सहकार्य गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र चीनको निजी क्षेत्र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी)बीच सहकार्यको समझदारी भएको हो ।  

पर्यटन तथा लगानी प्रवर्द्धन गर्न नेपाल र चीनका व्यवसायीले सहकार्य गर्ने

नेपाल चीन बिजनेस समिटमा प्रमुख अतिथि रहेका प्रधानमन्त्री दाहालले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए । सरकार र निजी क्षेत्रको सहकार्यविना मुलुक समृद्ध नहुने उनको भनाइ छ । निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र प्रवर्द्धनमा सरकार सधै तत्पर रहेको बताउँदै उनले निजी क्षेत्रले लगानी, पर्यटन र निर्यात प्रवर्द्धनमा देश विदेशमा पहल गरिरहेकोमा प्रसंसा गरे ।

सो सम्मेलनमा चिनियाँ वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर लि फिइले चीन र नेपालबीचको सम्बन्ध पुरानो रहेको र आर्थिक गतिविधि पनि बढिरहेको बताए । नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने उनको भनाइ छ । चीन नेपालमा सबैभन्दा बढी लगानी प्रतिवद्धता जनाउने मुलुक हो । नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न चीन तयार रहेको उनले बताए ।

समिटमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा नेपालमा प्रशस्त सम्भावना रहेको बताए । चिनियाँ पर्यटकका लागि नेपाल आकर्षक गन्तव्य भएको बताउँदै अध्यक्ष ढकालले नेपालमा अहिले चिनियाँ बैंकको आवश्यकता रहेको उल्लेख गरे । सम्मेलनमा १२० जना चिनियाँ कम्पनीको सहभागिता रहेको थियो । नेपालका तर्फबाट महासंघ, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय उद्योग व्यापार महासंघका पदाधिकारी सहित करिब ५० जना व्यवसायीको सहभागिता थियो ।

प्रकाशित : आश्विन ७, २०८० १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?