रोजगारीका लागि मलेसिया जाने सबैभन्दा धेरै, यी हुन् प्रमुख १० गन्तव्य

भाद्र १, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — गत आर्थिक वर्ष २०७९/८० मा नेपाली श्रमिकको प्रमुख रोजगारी गन्तव्य मलेसिया बनेको छ । सो आर्थिक वर्ष व्यक्तिगत तथा संस्थागत रुपमा नयाँ र नवीकरण गरी कुल २ लाख ५९ हजार ५९६ जनाले मलेसियाका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा साउदी अरेबिया प्रमुख गन्तव्य थियो । गत आर्थिक वर्ष भने साउदी जानेको संख्या घट्न गई मलेसिया प्रमुख गन्तव्य बन्न पुग्यो ।

गत आर्थिक वर्ष मलेसियापछिको प्रमुख वैदेशिक रोजगार गन्तव्य कतार बनेको छ । सो आर्थिक वर्ष कतारका लागि कुल १ लाख ३३ हजार २६२ जनाले श्रम स्वीकृति लिएका छन् । कतारपछि प्रमुख १० गन्तव्य मुलुकहरुमा क्रमशः यूएई, साउदी अरब, कुवेत, दक्षिण कोरिया, रोमानिया, जापान र माल्टा छन् ।

विभागका अनुसार गत आर्थिक वर्ष विभिन्न मुलुकका लागि कुल ७ लाख ७४ हजार ९७६ जना नेपालीले अन्तिम श्रम स्वीकृति लिएका छन् । यो संख्या नयाँ र नवीकरण दुवैतर्फको हो । कुल ४ लाख ९७ हजार ७०४ जनाले नयाँ अन्तिम श्रम स्वीकृति लिएका हुन् भने २ लाख ७७ हजार २७२ जनाले नवीकरण गरेका हुन् । 

आर्थिक वर्ष २०७९/८० मा कुन मुलुकका लागि कतिले लिए अन्तिम श्रम स्वीकृति ?

मुलुक

नयाँ श्रम स्वीकृति

नवीकरण श्रम स्वीकृति

कुल संख्या

मलेसिया

२ लाख १९ हजार ३५९

४० हजार २३७

२ लाख ५९ हजार ५९६

कतार

४० हजार ५१७

९२ हजार ७४५

१ लाख ३३ हजार २६२

यूएई

५९ हजार १५३

५७ हजार ७

१ लाख १६ हजार १६०

साउदी अरब

५५ हजार ७९१

५६ हजार ९८६

१ लाख १२ हजार ७७७

कुवेत

३१ हजार ४११

१२ हजार ०९७

४३ हजार ५०८

दक्षिण कोरिया

२० हजार १३९

३३२

२० हजार ४७१

रोमानिया

१३ हजार १३७

१ हजार ८८

१४ हजार २२५

जापान

५ हजार ८३९

३ हजार ८०५

९ हजार ६४४

माल्टा

५ हजार ६०३

७००

६ हजार ३०३

पोल्यान्ड

४ हजार ९१५

१९७

५ हजार ११२

कान्तिपुर

Link copied successfully