अहिलेको अवस्थामा सरकारले बढाएको पारिश्रमिक दिन सक्दैनौं : परिसंघ

काठमाडौँ — सरकारले हालै बढाएको न्यूनतम पारिश्रमिक अहिलेको अवस्थामा दिन नसक्ने नेपाल उद्योग परिसंघले जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै परिसंघले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदाहुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन नसक्ने अवस्था रहेको जनाएको छ । 

अहिलेको अवस्थामा सरकारले बढाएको पारिश्रमिक दिन सक्दैनौं : परिसंघ

अर्थतन्त्र मन्दीमा रहेको, उच्च ब्याजदरले लागत बढेको, उत्पादनको न्युन मागका कारण निजी क्षेत्रकोे मनोबल घट्दो क्रममा रहेको परिसंघले जनाएको छ । उद्योगहरुको प्रकृति अनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको भन्दै उद्योगी व्यवसायीहरुले लगानीका योजना समेत स्थगन गरिररहेको परिसंघको भनाइ छ । सरकारले हालै मात्र मजदुरहरूको न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँबाट बढाएर १७ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।

'अर्थतन्त्र शिथिल बन्दै जाने, आन्तरिक उत्पादन नबढ्ने, उत्पादन भएपनि माग नहुने तर उत्पादन लागत बढ्दा त्यसको थप भार उद्योगहरुमाथि परेको छ' परिसंघको विज्ञप्तिमा भनिएको छ 'विद्यमान चुनौतीपूर्ण अवस्थामा सुधार ल्याइ अर्थतन्त्रलाई चलायमान बनाउन, समग्र बजार माग बढाउने नीति अलम्बन गर्न, उत्पादन लागत घटाउने तथा निजी क्षेत्रको मनोबल बढाउनेतर्फ अग्रसर हुन सबै सरोकारवाला समक्ष अनुरोध गर्दछाैं ।'

प्रकाशित : भाद्र १, २०८० १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दुग्ध विकास संस्थान (डीडीसी)लाई सरकारले पटक पटक गरी १२५ करोड ऋण दिने भएपछि के अब किसानले दूधको भुक्तानी पाउलान् ?

x
×