एक वर्षमा भित्रियो १२ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौँ — गत आर्थिक वर्ष २०७९/८० मा कुल १२ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनअनुसार रेमिट्यान्स आप्रवाह अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा २१.२ प्रतिशतले बढेको हो ।

एक वर्षमा भित्रियो १२ खर्ब २० अर्ब रेमिट्यान्स

असार महिनामा मात्रै कुल १ खर्ब ८ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दा रेमिट्यान्समा उल्लेख्य वृद्धि देखिएको हो । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या गत आर्थिक वर्ष ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको प्रतिवेदनमा उल्लेख छ । पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्ष पुनः श्रम स्वीकृति लिएकाको संख्या २ लाख ७७ हजार २७२ पुगेको छ ।


प्रकाशित : भाद्र १, २०८० १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दुग्ध विकास संस्थान (डीडीसी)लाई सरकारले पटक पटक गरी १२५ करोड ऋण दिने भएपछि के अब किसानले दूधको भुक्तानी पाउलान् ?

x
×