सिम्रिक एयरको उडान प्रतिबन्ध फुकुवा 

श्रावण २८, २०८०

सुरज कुँवर

काठमाडौँ — सिम्रिक एयरलाई नागरिक उड्डयन प्राधिकरणले लगाएको उडान प्रतिबन्ध फुकुवा भएको छ ।

सिम्रिक एयरले ५५ लाख रुपैयाँ बक्यौता भुक्तानी गरेपछि उडान प्रतिबन्ध फुकुवा गरिएको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित काठमाडौंबाहिरका ३० गरी ३१ वटा विमानस्थललाई बुझाउनुपर्ने ल्यान्डिङ पार्किङ, एयर नेभेगिसनलगायत शुल्क पटक पटक ताकेता गर्दा पनि नबुझाएको भन्दै प्राधिकरणले बिहीबारदेखि उडानमा प्रतिबन्ध लगाएको थियो ।  

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully