२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

चैतमा भित्रियो हालसम्मकै उच्च रेमिट्यान्स

काठमाडौँ — चैत महिनामा हालसम्मकै उच्च रेमिट्यान्स रकम भित्रिएको छ । राष्ट्र बैंकका अनुसार सो महिनामा १ खर्ब ९ अर्ब १ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको हो । यो रकम विगतका अरु महिनाहरुको तुलनामा सबैभन्दा उच्च हो ।

चैतमा भित्रियो हालसम्मकै उच्च रेमिट्यान्स

त्यसअघि माघमा १ खर्ब ४ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो । साउनदेखि फागुन मसान्तसम्म कुल ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स रकम गत वर्षको सो अवधिको तुलनामा २४.२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा साउनदेखि चैत मसान्तसम्मको ९ महिनामा गत वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स १३.९ प्रतिशतले वृद्धि भएको छ ।

साउनदेखि चैतसम्म ६ अर्ब ९२ करोड डलर बराबर रेमिट्यान्स भित्रिएको हो । समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या अत्याधिक बढ्दा रेमिट्यान्समा सकारात्मक प्रभाव देखिएको हो । साउनदेखि चैत मसान्तसम्म अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३ लाख ८७ हजार ८३९ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९५९ पुगेको छ ।


प्रकाशित : वैशाख २७, २०८० १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×