कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

फागुनमा भित्रियो १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स

काठमाडौँ — फागुन महिनामा १ खर्ब ४ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको वित्तीय विवरणअनुसार मासिक औसत ९९ अर्ब २५ कराेड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको पाइन्छ ।

फागुनमा भित्रियो १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स

सो ८ महिनामा कुल ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो रकम अघिल्लो वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा यो आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स आप्रवाह १४.८ प्रतिशतले बढेर ६ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीमा जानेको संख्या बढेकाले पनि रेमिट्यान्समा वृद्धि देखिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा बताए । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५४.३ प्रतिशतले वृद्धि भई ३ लाख ५१ हजार ७६१ पुगेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८.० प्रतिशतले वृद्धि भई १ लाख ९२ हजार ५५९ पुगेको छ ।


प्रकाशित : चैत्र २८, २०७९ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×