कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

अर्थतन्त्र पुनरुत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री दाहाल

रासस

काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको बताए । 

अर्थतन्त्र पुनरुत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री दाहाल

मंगलबार बिहान भएको नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि उनले बताए ।

‘महासंघ अर्थतन्त्र जोगाऔं भन्ने अभियानमा लागेको छ । यति बिहानै भेटघाटका लागि आउनुुभयो, त्यही विषयमा तपाईंहरू चिन्तित हुनुुहुन्छ र समस्या समाधानका लागि भनिरहनुुभएको छ, सरकारले यसलाई गम्भीर रुपमा लिन्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भएको भेटमा मुलुकको अर्थतन्त्रको पुनरुत्थानबारे विचार विमर्श भएको महासंघको भनाइ छ । महासंघ अध्यक्ष शेखर गोल्छाले नवनियुक्त प्रधानमन्त्रीलाई सिङ्गो निजी क्षेत्रका तर्फबाट बधाई एवं शुुभकामना दिँदै अर्थतन्त्रको वर्तमान अवस्थाबारे अवगत गराएका थिए ।

प्रधानमन्त्री दाहालले महासंघको तर्फबाट यसअघि दिइएको सुुझाव अध्ययन पनि गरिरहेको र यस विषयमा अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने विश्वास व्यक्त गरे ।

उनले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रुपमा देखापरेको चालू पुँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुुझाव दिएका छन् ।

मुलुकको अर्थतन्त्र अतिसंवेदनशील अवस्थामा रहेकाले नयाँ सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा अध्यक्ष गोल्छाको जोड थियो ।

प्रकाशित : पुस १२, २०७९ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १६ वर्ष पुरा भएको छ । गणतन्त्रको गति कस्तो लागिरहेको छ ?