कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

वैदेशिक रोजगारमा जानेको संख्या उच्च दरले बढ्यो

काठमाडौँ — वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उच्च दरले बढेको छ । वैदेशिक रोजगार विभागको तथ्यांक उदृत गर्दै राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार साउनदेखि कात्तिक मसान्तसम्म कुल १ लाख ९५ हजार १९६ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगारमा जानेको संख्या उच्च दरले बढ्यो

यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १०२ प्रतिशत बढी रहेको राष्ट्र बैंकले जनाएको छ । यो संख्या संस्थागत तथा व्यक्तिगत तवरबाट लिइएको नयाँ श्रम स्वीकृति हो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि बढेको छ । चार महिनाको अवधिमा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ८७ हजार ४२८ रहेको छ ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या गत वर्षको सोही अवधिको तुलनामा ४६.४ प्रतिशतले वृद्धि भएको हो । वैदेशिक रोजगारमा जानेको संख्या बढ्दै गर्दा रेमिट्यान्समा समेत वृद्धि देखिएको छ । साउनदेखि कात्तिक मसान्तसम्म ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा २०.४ प्रतिशत बढी हो ।


प्रकाशित : मंसिर २९, २०७९ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×