१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

समन्वय गरी अर्थतन्त्रका समस्या समाधान गर्न अडानको आग्रह 

काठमाडौँ — नेपाल अडिटर्स एसोसिएसन (अडान) ले देशको आर्थिक समस्यालाई सुझबुझपूर्ण रुपमा सबै पक्षको समन्वयबाट हल गर्न सरकारलाई आग्रह गरेको छ । अडानको छैटौं राष्ट्रिय महाधिवेशनपछि बसेको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले बैंक ब्याजमा भएको वृद्धि, आर्थिक मन्दी,  जनताको जीवनयापनमा भएको कठिनाई लगायत अर्थतन्त्रका समस्यालाई सुझबुझपूर्ण समन्वयबाट समाधान गर्न सरकारलाई आग्रह गरेको हो ।

समन्वय गरी अर्थतन्त्रका समस्या समाधान गर्न अडानको आग्रह 

‘सहकारी ऐन, २०७४ ले कुनै एक सहकारीमा सञ्चालक सदस्य रहेको लेखापरीक्षकले देशभरका अन्य कुनै पनि सहकारीहरुमा समेत लेखापरीक्षण गर्न नपाउने भनी गरेको व्यवस्थाले स्वतन्त्र रुपमा पेशा व्यवसाय गर्न पाउने संवैधानिक र नैसर्गिक अधिकार समेत कुण्ठित भएको हुँदा र अन्य कुनै पेशामा यस्तो प्रकारको व्यवस्था नरहेकोले सो बन्देज तत्काल खारेज गर्न जोडदार माग गर्दछौं’ अडानले भनेको छ । निर्वाचित सांसदलाई स्वार्थभन्दा माथि उठी जनतामूखी नीति बनाउन, देशको आर्थिक क्षेत्रमा व्यापक सुधारका कार्यक्रम गर्न माग गरेको छ ।

वित्तीय विवरणउपर राय प्रस्तुत गर्ने लेखापरीक्षकलाई आयकर ऐन २०५८ (संशोधन सहित) को दफा १२७ ले मतियार भनी गरेको व्यवस्थालाई तत्काल हटाउन पनि अडानले माग गरेको छ । त्यस्तै वरिष्ठ चार्टर्ड एकाउन्टेन्टलाई ‘एफसीए’ मान प्रदान गरिएजस्तै वरिष्ठ रजिष्टर्ड अडिटर्सहरुलाई पनि 'एफआरए'को व्यावस्था गर्न योग्यता र क्षमता भएका सम्पूर्ण दर्तावाल लेखापरीक्षकहरुलाई स्वत: वर्ग वृद्धि गर्दै लैजान माग गरिएको छ ।

अडिटिङ एकाउन्टिङ स्ट्यान्डर्डलाई सरलीकृत गरी सबै नागरिक, उद्योगी व्यवसायीले बुझ्ने बनाई, लेखापरीक्षण कार्यलाई सहज बनाउन पनि अडानले आग्रह गरेको छ । नयाँ संविधान कार्यान्वयनसँगै सबै ऐन कानुनको परिमार्जन गर्नुपर्ने भएकोले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन पनि परिमार्जन गरी सबैखाले विभेदहरु अन्त्य गर्न माग गरिएको छ । अडानले भनेको छ ‘लेखापरीक्षकहरुको सदस्यतामा समान हैसियत कायम गराउन कारोबारको सीमा हटाउन सरकार र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)सँग माग गर्दछौं ।’ साथै राज्यका सबै निकाय प्रादेशिक संरचनामा गइसकेकाले आईक्यानको प्रादेशिक परिषद तत्काल व्यवस्था गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँग अडानले माग गरेको छ ।

लेखापरीक्षण गर्नकै लागि कतिपय संस्थाहरुमा सूचीकृत गर्नुपर्ने प्रावधान हालसम्म पनि कायमै रहेकाले सोको स्थायी समाधान गर्न तथा स्थानीय, प्रादेशिक र संघीय सरकारबाट जारी हुने र भैसकेका सबै ऐन, कानुन, नियमावली र निर्देशिकाबाट त्यस्ता प्रावधान हटाई स्थायी रुपमा समाधान गर्न अडानले माग गरेको छ । लेखापरीक्षण गर्नकै लागि कतिपय संस्थाहरुमा सूचीकृत गर्नुपर्ने प्रावधान हालसम्म पनि कायमै रहेकाले सोको स्थायी समाधान गर्न तथा स्थानीय, प्रादेशिक र संघीय सरकारबाट जारी हुने र भइसकेका सबै ऐन, कानून, नियमावली र निर्देशिकाबाट त्यस्तो प्रावधान हटाई स्थायी रुपमा समाधान गर्न अडानले माग गरेको छ ।


प्रकाशित : मंसिर १८, २०७९ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?