असोजमा रेमिट्यान्स आप्रवाह १७ प्रतिशतले बढ्यो

कार्तिक ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — रेमिट्यान्स आप्रवाहमा सुधार आउने क्रमले गत असोजमा पनि निरन्तरता पाएको छ । राष्ट्र बैंकका अनुसार गत असोजमा रेमिट्यान्स आप्रवाह करिब १६.८ प्रतिशतले बढेको छ ।

गएका तीन महिनामा रेमिट्यान्समार्फत २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ नेपाल भित्रिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको असोजसम्म रेमिट्यान्स आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । ‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ७.९ प्रतिशतले बढेर २ अर्ब १९ करोड पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो ।’

यस्तै, तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ सय २३.१ प्रतिशतले बढेर १ लाख ४७ हजार ९ सय ३२ पुगेको छ । सोही अवधिमा वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या गत असोजमा ६६.२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो ।

कान्तिपुर

Link copied successfully