कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

भैंसीको भन्दा गाईको दूध उत्पादन दोब्बर

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा भैंसीको भन्दा गाईको दूध उत्पादन बढी हुने गरेको एक सरकारी तथ्याङ्कले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागले सयुक्त रूपमा गरेको सर्वेक्षणमा यस्तो देखिएको हो । मध्यम र ठूला पशुपालन व्यवसायीमा गरिएको सो सर्वेक्षणमा सन्दर्भ अवधि (१० वर्ष) को एक हप्ताभित्र ८ लाख ८१ हजार ५ सय ५९ लिटर गाईको दुध बिक्री हुने गरेकोमा भैंसीको दूध ४ लाख ९६ हजार ४ सय ६६ लिटर बिक्री भएको उल्लेख छ ।

भैंसीको भन्दा गाईको दूध उत्पादन दोब्बर

किसानले आफ्नै उपभोगको लागि पनि दुध राख्ने गरेका छन् । एक हप्तामा गाईको दुध ४९ हजार ९ सय ४९ लिटर र भैंसीको दुध ५० हजार २ सय ५३ लिटर आफैले उपभोग गरेको सर्वेक्षणमा उल्लेख छ । मंगलबार सार्वजनिक भएको सर्वेक्षणअनुसार सन्दर्भ अवधिमा मध्यम तथा ठूला किसानले पालेको दुहुनो गाईको संख्या १५ हजार ३ सय ८० रहेको छ । जसमध्ये स्थानीय गाई २ हजार ९८, जर्सी/जर्सी क्रसब्रिड ५ हजार ९ सय ५४, होलिस्टिन/होलिस्टिन क्रसब्रिड ६ हजार ९ सय ९ र अन्य उन्नत जात गाई ५ सय १९ वटा पालेको उल्लेख छ ।

त्यस्तै, भैंसीको हकमा १० हजार ८ सय ४१ पालेका छन् । जसमध्ये स्थानीय जातको २ हजार ६ सय ५८, मुर्रा ४ हजार ८ सय ३९, मुर्रा क्रस २ हजार ९ सय ७८ र अन्य जातको ३ सय ६६ रहेको सर्वेक्षणमा उल्लेख छ । बिमा नगर्ने व्यावसायिक किसान ४३.२ प्रतिशत छन् । ती किसानले बिमा शुल्क महँगो भएर, उचित क्षतिपूर्ति नपाएर, कम्पनीले सेवा नदिएर र पहुँच नभएर पशु बिमा नगरेको सर्वेक्षणमा उल्लेख छ ।

प्रकाशित : कार्तिक ३०, २०७९ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?