विदेशमा रहेका नेपालीलाई पनि आईपीओ छुट्याइनुपर्ने व्यवस्था लागू, यस्ता छन् शर्त

कान्तिपुर संवाददाता

काठमाडौँ — अब संगठित संस्थाहरुले विदेशबाट रेमिट्यान्स पठाउनेहरुलाई पनि प्राथमिक सेयर (आईपीओ)मा आरक्षण दिनुपर्ने भएको छ । बिहीबारदेखि नै यो व्यवस्था लागू भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निस्कासन तथा बाँडफाँड निर्देशिकालाई संशोधन गरी यस्तो व्यवस्था लागू गरेको हो ।

विदेशमा रहेका नेपालीलाई पनि आईपीओ छुट्याइनुपर्ने व्यवस्था लागू, यस्ता छन् शर्त

जसअनुसार अब संस्थाले सर्वसाधारणलाई निस्कासन गर्नुअघि नै १० प्रतिशत आईपीओ विदेशमा रोजगार गरिरहेका नेपालीका लागि छुट्याउनुपर्छ । यसरी छुट्याइएको आईपीओ भर्नका लागि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामा वैदेशिक रोजगारमा गएकाले रेमिट्यान्स बचत खातामार्फत मात्र आईपीओको रकम भुक्तानी गर्नुपर्नेछ ।

त्यस्तै रेमिट्यान्स बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ सम्बन्धित व्यक्तिले आफू कार्यरत रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्नेछ । विदेशमा रहेकाले डिम्याट खाता खोल्दा विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान विवरण रुजु गराउन सक्ने छन् । साथै सीआरएन पनि विद्युतीय माध्यममार्फत लिन सक्नेछन् । विदेशमा रहेकाले यो आरक्षित कोटामा आईपीओ भरिसकेपछि सर्वसाधारणका लागि छुट्याएकोमा भने भर्न पाउने छैनन् ।

यसरी वैदेशिक रोजगारमा गएकालाई छुट्याइएको आईपीओ पूरा बिक्री नभएमा सो आईपीओ समेत सर्वसाधारणलाई बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ । विदेशमा गएकालाई आईपीओ बिक्रीका लागि खुला गर्नुभन्दा १५ दिनअघि नै आह्वानपत्र जारी गर्नुपर्नेछ ।


प्रकाशित : कार्तिक १७, २०७९ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x