कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

काठमाडौं उपत्यकामा कपाल काटेको न्यूनतम शुल्क २ सय रुपैयाँ

काठमाडौँ — नेपाल नाई संघले काठमाडौं उपत्यकामा कपाल काटेबापतको सेवा शुल्क बढाएको छ ।  संघले काठमाडौं उपत्यकामा कपाल काट्दा न्यूनतम शुल्क अब २ सय रुपैयाँ तोकेको छ । घरभाडासहित लागत खर्च बढेकाले नेपाल नाई संघ काठमाडौं उपत्यका समितिले असोज १ गतेबाट दाह्री र कपाल काटेको शुल्क बढाएको हो ।

काठमाडौं उपत्यकामा कपाल काटेको न्यूनतम शुल्क २ सय रुपैयाँ

नेपाल नाई संघ काठमाडौं उपत्यका समितिका अध्यक्ष राजेश ठाकुरका अनुसार दाह्री काटेको शुल्क १२० देखि १५० रुपैयाँ निर्धारण गरिएको छ । ‘सामान्य दाह्री काटेको १२० रुपैयाँ भएपनि मेहनत गरेर काटेको १५० रुपैयाँ शुल्क लाग्ने छ’ उनले भने ‘मदरासी फिल्म हेरेर हिरो वा खलनायकले काटेजस्तो दाह्री बनाइदिन भन्दै ग्राहक आउँछन्, त्यस्तो अवस्थामा धेरै मेहनत पर्ने भएकाले दाह्री काटेको शुल्क फरक फरक निर्धारण गरिएको हो ।’

उनका अनुसार अहिले काठमाडौं उपत्यकामा मात्र कपाल काटेको शुल्क बढाइएको हो । ‘काठमाडौंमा महँगी बढी छ, कोठा भाडा बढी छ, बर्सेनिजसो घरबेटीले भाडा बढाउँछन्,’ उनले भने, ‘त्यसैले बाध्य भएर कपाल काट्ने शुल्क बढाएका हौं ।’ संघले सामान्यतया तीनदेखि चार वर्षमा कपाल काटेको शुल्क बढाउने गरेको छ । एक पटकमा ५० रुपैयाँ बढाउँदै आएको छ । यसअघि कपाल काटेको शुल्क १५० रुपैयाँ थियो । ‘अहिले महँगी खेप्न नसकेर तीन वर्ष नपुग्दै शुल्क बढाइएको हो,’ अध्यक्ष ठाकुरले भने । अन्य सहरमा भने महँगी अनुसार शुल्क बढाइने उनको भनाइ छ । ‘काठमाडौंमा १० हजार बढी शैलुन सञ्चालनमा रहेको उनले बताए ।



प्रकाशित : आश्विन ३, २०७९ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?