कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेमिट्यान्स ४.८ प्रतिशत बढ्यो, एक वर्षमा भित्रियो १० खर्ब ७ अर्ब

वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै रेमिट्यान्समा सुधार
कान्तिपुर संवाददाता

काठमाडौँ — गत आर्थिक वर्ष २०७८/७९ मा रेमिट्यान्सको आप्रवाह अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा ४.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक वित्तीय प्रतिवेदनअनुसार रेमिट्यान्समा सुधार देखिएको छ ।

रेमिट्यान्स ४.८ प्रतिशत बढ्यो, एक वर्षमा भित्रियो १० खर्ब ७ अर्ब

गत आर्थिक वर्ष कुल १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाह २.२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य बढ्दा रेमिट्यान्समा सुधार देखिएको छ । गत आवमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५४ हजार ६६० रहेको छ । वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या १९८.५ प्रतिशतले बढेर २ लाख ८२ हजार ४५३ पुगेको छ ।

प्रकाशित : श्रावण ३१, २०७९ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?