कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुढीगण्डकी आयोजना कम्पनी मोडलमा बनाउने मन्त्रिपरिषद् निर्णय, सर्वसाधारणलाई सेयर दिइने

काठमाडौँ — मन्त्रिपरिषद् बैठकले १२ सय मेगावाट उत्पादन क्षमताको बुढीगण्डकी जलाशययुक्त आयोजना कम्पनी मोडलमा  बनाउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बुढीगण्डकी कम्पनी मोडलमा बनाउने निर्णय गरेको हो । 

बुढीगण्डकी आयोजना कम्पनी मोडलमा बनाउने मन्त्रिपरिषद् निर्णय, सर्वसाधारणलाई सेयर दिइने

यो आयोजना अब स्वदेशी लगानीको ‘बुढीगण्डकी जलविद्युत् विकास कम्पनी लिमिटेड’ मार्फत अघि बढ्नेछ । गत चैत २४ मा बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी स्वदेशी लगानीमै बनाउने निर्णय गरेको थियो । त्यसपछि ऊर्जा मन्त्रालयले कम्पनी मोडलमा जाँदा लागत संरचना कस्तो हुने भन्नेबारे अर्थ र कानुन मन्त्रालयको राय मागेको थियो ।

ऊर्जा मन्त्रालयका अनुसार कम्पनीको अधिकृत पुँजी ६० अर्ब रुपैयाँ हुनेछ भने उक्त पुँजीलाई प्रतिसेयर १ सय रुपैयाँका दरले ६० करोड कित्ता सेयर जारी गरिनेछ । कम्पनीको तत्काल जारी पुँजी २० अर्ब रुपैयाँ बराबर हुनेछ । संस्थापक सेयरधनीहरूमा सबैभन्दा धेरै ४० प्रतिशत अर्थात २४ करोड कित्ता सेयर ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई छुट्याइनेछ । त्यसैगरी २५ प्रतिशत अर्थात १५ करोड कित्ता अर्थ मन्त्रालयलाई छुट्याइनेछ । नेपाल विद्युत् प्राधिकरणलाई ८ करोड ४० लाख कित्ता अर्थात १४ प्रतिशत र विद्युत् उत्पादन कम्पनीलाई १ प्रतिशत अर्थात ६० लाख कित्ता सेयर दिइनेछ । त्यस्तै आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि समान १० प्रतिशत अर्थात ६-६ करोड कित्ता सेयर जारी गरिनेछ ।


प्रकाशित : असार १४, २०७९ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?