१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

'दलहरु स्पष्ट नहुँदा पनि वैदेशिक लगानी पर्याप्त आउन सकेन'

काठमाडौँ — अर्थशास्त्री अच्युत वाग्लेले जीडीपीको औसत २.५ प्रतिशतभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आउन नसकेको बताएका छन् । ‘मेक इन नेपाल स्वदेशी समिट २०२२’ मा बाेल्दै उनले सन् १९९७ र २०१५ मा बाहेक पर्याप्त एफडीआई आउन नसकेको स्पष्ट पारे ।

'दलहरु स्पष्ट नहुँदा पनि वैदेशिक लगानी पर्याप्त आउन सकेन'

‘यत्रो वर्षदेखि एफडीआईको बारेमा कुरा गरेका छौं तर, पर्याप्त आएको छैन । विगत ३ वर्षलाई हेर्दा १९ अर्ब रुपैयाँ र ९ महिनामा १६ अर्ब भित्रियो, त्यो जीडीपीमा शून्य दशमलब ५ प्रतिशत पनि पुग्दैन ।' वैदेशिक लगानीको सन्दर्भमा राजनीतिक दलहरु स्पष्ट हुन नसक्दा पनि समस्या भएको उनको भनाइ छ । आर्थिक मुद्दामा दलहरुले समान धारणा बनाउनु जरुरी रहेको उनले स्पष्ट पारे । ‘वैदेशिक लगानीको बारेमा मुलुकको दर्शानिक अडान ढुलमुल छ । वैदेशिक लगानी भित्र्याउने क्षेत्रबारे बैचारिक विभाजन छ । त्यसलाई मेट्नेगरी नीतिको बारेमा अवाज उठाऊँ । कुन क्षेत्रमा एफडीआई ल्याउन दिने त्यसलाई छुट्याउन सकिन्छ,’ उनले भने ।

त्यस्तै, वैदेशिक लगानीको बारेमा नीतिगत रुपमै क्षेत्रहरु पनि स्पष्ट हुनुपर्ने उनको भनाइ छ । ‘निजी क्षेत्र आफूले लगानी गर्ने वातावरण खोजेको हाे वा वैदेशिक लगानी ल्याएर पार्टनरसिप गर्न खोजेको हो वा वैदेशिक लगानीसँग प्रतिस्पर्धा गर्न खोजेको हाे यी कुरामा स्पष्ट हुनुपर्छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ ९, २०७९ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?