कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पृथ्वीबहादुर शाहलाई चिन्दिनँ, रुँदै मन्त्रालय आएपछि कुरा बुझ्न मात्रै भनेको हुँ- अर्थमन्त्री 

काठमाडौँ — नेपाल राष्ट्र बैंकबाट शंकास्पद रकम छुटाउन खोज्ने पृथ्वी बहादुर शाहलाई आफूले नचिनेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । `मन्त्रालयमा धेरै निवेदन आउँछन् । पृथ्वीबहादुरसँग मेरो कुनै नातागोता छैन । चिनेको पनि थिइनँ । मन्त्रालयमा रुँदै आएपछि मैले मन्त्रालयको सम्बन्धित निकायलाई बुझ्न भनेको हुँ', अर्थमन्त्री शर्माले सोमबार पत्रकार सम्मेलनमा भने ।

पृथ्वीबहादुर शाहलाई चिन्दिनँ, रुँदै मन्त्रालय आएपछि कुरा बुझ्न मात्रै भनेको हुँ- अर्थमन्त्री 

सरकारले कानुन बमोजिम नै गभर्नरलाई निलम्बन गरेको उनले बताए । उनले घुमाउरो पारामा गभर्नरमाथि केही आरोप समेत लगाए । कर्जा प्रवाह लक्ष्यभन्दा बढी प्रवाह गर्दा पनि नियन्त्रण नगरेको, उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्न नसकेको, राष्ट्र बैंकका कतिपय विषय आफूलाई रिपोर्टिङ नगरिएकोजस्ता आरोप अर्थमन्त्रीले लगाए ।

उनले भने ‘गत वर्ष कर्जा प्रवाह १९ प्रतिशतको लक्ष्य रहेकोमा ३२ प्रतिशतसम्म पुग्यो, यसलाई समयमै नियन्त्रण गर्नुपर्ने आवश्यकता हो कि होइन । यो त अर्थ मन्त्रालयको काम होइन, राष्ट्र बैंककै काम हो ।’ त्यत्तिका ऋण गइसकेपछि पनि उत्पादनमा योगदान नपुगेको भन्दै उनले असन्तुष्टि जनाए । ‘हामीले त्यत्तिका ऋण कहाँ कहाँ लगानी गइरहेको छ भन्ने खोज्न प्रयत्न गरेका हौं, त्यो पाउन सकेनौं ।’ छानबिनको विषययलाई लिएर राष्ट्र बैंकसँग आरोप र प्रत्यारोपका रुपमा बुझ्न नहुने उनले बताए । गभर्नरमाथिको छानबिन कमिटीले आन्तरिक कुराहरु पछि बाहिर ल्याउने शर्माको भनाइ छ ।

प्रकाशित : चैत्र २८, २०७८ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?