१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गभर्नर अधिकारी निलम्बित

काठमाडौँ — सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्‍को बिहीबारको बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै समिति पनि गठन गरेको थियो । शुक्रबार अधिकारीलाई सरकारले निलम्बन गरेको पत्र पठाएको छ ।

गभर्नर अधिकारी निलम्बित

'निजी क्षेत्रको प्रतिनिधिमण्डल आएर गभर्नर अधिकारीका कारण आर्थिक संकट गहिरिँदै गएको भनेर प्रधामन्त्री शेरबहादुर देउवासमक्ष गुनासो गरे, अर्थ मन्त्रालयको पनि आर्थिक संकट सिर्जना हुनुमा गभर्नरको कमजोरी रहेको निष्कर्षमा अधिकारीलाई निलम्बन गरिएको हो,' एक मन्त्री भने ।

अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीच लामो समयदेखि विभिन्न विषयमा मतभेद हुँदै आएको थियो ।


प्रकाशित : चैत्र २५, २०७८ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?