सोलारको पीपीए दर ५ रुपैयाँ ९४ पैसा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले सौर्य ऊर्जा (सोलार) आयोजनाहरूबाट उत्पादित बिजुली खरिद–बिक्रीका लागि आधार दर (बेसरेट) तोकेको छ ।

सोलारको पीपीए दर ५ रुपैयाँ ९४ पैसा

सोलार आयोजनाहरूमा ५ रुपैयाँ ९४ पैसालाई बेसरेट मानेर विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने निर्णय प्राधिकरणले गरेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

अब प्राधिकरणले सोलार आयोजनाबाट उत्पादित बिजुली प्रतियुनिट ५ रुपैयाँ ९४ पैसाभन्दा महँगोमा किन्नेछैन । ‘बेसरेटभन्दा माथि पीपीए हुँदैन । त्योभन्दा कम बोलकबोल गर्नेलाई प्रतिस्पर्धाका आधारमा पीपीए गरिनेछ,’ घिसिङले भने ।

सोलार आयोजनाहरूलाई प्रतिस्पर्धाका आधारमा मात्र पीपीए गर्ने निर्णय गत माघ पहिलो साता बसेको प्राधिकरणको सञ्चालक समितिबाट भएको थियो । माघ ९ मा बसेको सञ्चालक समितिले पीपीएको बेसरेट तोक्न कार्यदलसमेत गठन गरेको थियो । कार्यदलको सुझावका आधारमा प्राधिकरणले बेसरेटसम्बन्धी निर्णय गरेको हो । आधार दर पीपीएको अधिकतम दरका रूपमा रहन्छ ।

प्रकाशित : फाल्गुन २९, २०७८ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?