कोरियामा कोरोना बढेपछि नेपाली श्रमिक लैजान रोक- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

कोरियामा कोरोना बढेपछि नेपाली श्रमिक लैजान रोक

रासस

काठमाडौँ — केही दिनदेखि दक्षिण कोरियामा पुनः कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ ।

पुनः कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाललगायत अन्य देशबाट समेत श्रमिक लैजान रोक लगाइएको र १४ फेब्रुअरीमा तय भएको नियमित उडान तालिका स्थगन गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उद्धत गर्दै सउलस्थित नेपाली दूतावासले जानकारी गराएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी लामो पर्खाइपछि १४ फेब्रुअरीमा उडान तय भइ रोकिएका श्रमिकहरूको अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेको बताए । उनले संक्रमण दर कम हुनासाथ रोकिएका श्रमिकहरूलाई तत्काल पठाउने व्यवस्था गर्ने विश्वास दिलाए ।

रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली श्रमिक लामो समयदेखि रोकिएकामा सरकारले पहल गरेर नियमित रूपमा जाने व्यवस्था गरेको थियो ।

प्रकाशित : माघ २८, २०७८ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्

नारायणगढ–बुटवल सडक आयोजनाका पदाधिकारीमाथि छानबिन गर्न समितिको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले नारायणगढ–बुटवल सडकको दुवै प्याकेजमा गलत आंकडा पेस गर्ने पदाधिकारीमाथि छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । 

नारायणगढ–बुटवल सडक र मदन भण्डारी राजमार्गको वर्तमान अवस्थाबारे शुक्रबार आयोजित छलफलका क्रममा स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा उल्लेख भएभन्दा क्रमश: ५ सय ७६ प्रतिशत र ४ सय ४० प्रतिशत रुखहरु काटिनु परेकोले आयोजनाको काममा ढिलाई भएको भन्ने तथ्य पेस गरिएको छ । उक्त अवस्थामा आयोजनाको काम प्रभावित हुने भनेर गलत आंकडा पेस गर्ने र यो कार्यलाई स्वीकृत गर्ने जिम्मेवार पदाधिकारीमाथि छानबिन गर्न समितिले निर्देशन दिएको हो ।

समिति सभापति कल्याणीकुमारी खड्काले देशको दुरगामी महत्व राख्ने राष्ट्रिय गौरवका आयोजना तथा राष्ट्रियस्तरका आयोजनाहरु निर्धारित समयमा सम्पन्न गर्न समयमै भुक्तानी नहुने समस्या रहेको बताइन् । यस्तो समस्याले आयोजनाको काम नै प्रभावित भएको देखिएकाले भुक्तानी समस्या अन्त्य हुनेगरी बजेट व्यवस्थापन गर्न र निर्माण सामग्री सहज उपलब्ध गराउने व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भौतिक, अर्थ मन्त्रालय,राष्ट्रिय योजना आयोगलाई समितिले निर्देशनसमेत दिइएको छ ।

प्रकाशित : माघ २८, २०७८ २१:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×