कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

रोजगारका समस्या सम्बोधन गर्न श्रम मन्त्रालयद्वारा कार्यदल गठन

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगार र वैदेशिक रोजगारीको व्यवस्थापनमा देखिएको समस्यालाई सम्बोधन गर्न तीनवटा कार्यदल बनाएको छ ।

रोजगारका समस्या सम्बोधन गर्न श्रम मन्त्रालयद्वारा कार्यदल गठन

श्रमले सीप विकाससँग सम्बन्धित तालिमहरू एकीकृत संरचनामार्फत संचालन, संगठनात्मक संरचना र वैदेशिक रोजगार व्यवस्थापनको क्षेत्रमा अध्ययन गर्न तीन वटा छुट्टाछुट्टै कार्यदल बनाएको हो ।

तीनवटा कार्यदलको नेतृत्व व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक बद्रीनाथ अधिकारी, मन्त्रालयका प्रशासन महाशाखाका सहसचिव रामचन्द्र ढकाल र सहसचिव शेषनारायण पौडेलको संयोजकत्वमा कार्यदलहरू बनाइएको हो । कार्यदलको कार्यावधी १५ दिनको तोकिएको छ ।

मन्त्रालयले सीप विकास सम्बन्धी तालिम एकीकृत संरचनामार्फत संचालन गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कुटनीतिलाई प्रभावकारी बनाउन कार्यदल बनाएको जनाएको छ ।

प्रकाशित : मंसिर २२, २०७८ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्व अनुमतिबिना प्रहरीलाई राजनीतिकलगायत विभिन्न शक्तिकेन्द्रसँग व्यक्तिगत भेटघाट गर्न रोक लगाइएकोबारे तपाईंको धारणा के छ ?

x
×