कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इजरायल रोजगारीमा जान १ हजार ६ सयको नाम सिफारिस

रासस

काठमाडौँ — नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६ सय जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिइएको लिखित र अन्तर्वाताका आधारमा उनीहरुलाई छनोट गरेको हो ।

इजरायल रोजगारीमा जान १ हजार ६ सयको नाम सिफारिस

नेपालस्थित इजरायली दूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत १ हजार ६ सय (७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष) उम्मेदवार सिफारिस गर्न माग गरेको थियो । परीक्षामा १ हजार ८ सय ३ सहभागीमध्ये शैक्षिक योग्यता र तालिमको प्रमाणपत्र प्रमाणीकरण हुन नसकेको सङ्ख्या घटाउँदा कायम भएका उम्मेदवारमध्ये अन्तर्वाता र लिखित परीक्षा लिइएको थियो ।

लामो समयसम्म रोजगारीका लागि इजरायल जान रोकिएको भए पनि उसले नै दुई वर्ष पहिले दुई देशका सरकारबीचको सहमति सम्झौताबाट खुलाउने इच्छा देखाएको मन्त्रालयले जनाएको छ । विभागले लिएको लिखित परीक्षामा ६ हजार ३ सय १७ सहभागीमध्ये २ हजार ३९ जना लिखित परीक्षामा उत्तीर्ण भएका थिए ।

विभागले यही असोज १ देखि ३ गतेसम्म उचाइ र तौलको परीक्षा लिएकोमा त्यस बीचमा छुटेका व्यक्तिलाई अन्तर्वार्ता अवधिभरलाई अवसर दिएको थियो । सम्झौताअनुसार १ हजार जना इजरायल जाने मन्त्रालयले जनाएको छ ।

प्रकाशित : आश्विन १०, २०७८ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?