१६२ अंकले बढ्यो नेप्से, पौने १० अर्बको सेयर कारोबार- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

१६२ अंकले बढ्यो नेप्से, पौने १० अर्बको सेयर कारोबार

कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार करिब १ सय ६२ अंकले बढेर २ हजार ९ सय ८०.७९ विन्दुमा पुगेको छ । 

अघिल्लो दिनको तुलनामा यो ५.७४ प्रतिशतले बढी हो । यो एकैदिन नेप्सेमा भएको वृद्धिमध्ये सबैभन्दा उच्च हो । आइतबार नेप्से १ सय भन्दा धेरै अंकले घटेको थियो ।

सोमबार बजारमा ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबार मात्रै सेयर बजारमा गिरावट आएको बारे अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका थिए । उनले सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई टेलिफोन गरी समस्या समाधान गर्न आग्रह गरेको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : भाद्र २१, २०७८ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्

नख्खु कारागारका कैदीबन्दीको रासनमा घोटालाको आशंका, छानबिन समिति गठन

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुरको नख्खु कारागारमा कैदीबन्दीको सेवा सुविधा तथा रासन अनियमितता भएको आशंकामा कारागार व्यवस्थापन विभागले छानबिन समिति गठन गरेको छ । विभागका निर्देशक रामचन्द्र तिवारीको संयोजक्तवमा समिति गठन भएको हो ।

समितिमा नेपाल प्रहरी,जिल्ला प्रशासन कार्यालय ललितपुर र राष्ट्रिय अनुसन्धान विभागमा प्रतिनिधि छन् । समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

कैदीको रासनमा घोटाला गरेको, आवश्यकता अनुसार टेलिफोन सुविधा उपलब्ध नगराएको भन्दै आइतबार कैदीहरुले चौकीदारहरुविरुद्ध जेलर चिरञ्जीवी गिरीसमक्ष निवेदन दिएका थिए ।

उनीहरुले ८ जना चौकीदार/नाइकेमाथि कारबाहीको माग गर्दै सीआरसी ब्लकमा प्रदर्शन समेत गरेका थिए । त्यसको भोलिपल्ट विभागका महानिर्देशक जनकराज दाहालले निर्देशक तिवारीको संयोजक्तवमा समिति गठन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले कारागारका नाइके शिव चौधरी, रिकेश अधिकारी, सविन केसी, शम्भू कार्की, अरुणकुमार महतो, विशाल विष्ट तथा सहनाइके देवेन्द्र तिमल्सिना र दीपक कर्णलाई कारागार स्थानान्तरणको माग गरेका छन् । उनीहरु कर्तव्य ज्यान, लागूऔषध, मानवतस्करी, हातहतियार-खरखजाना लगायतका कसुरमा कारगारमा छन् । विशाल विष्ट कारागारका मुख्य नाइके हुन् ।

नख्खु कारागारमा करिब १४०० जना कैदीबन्दी रहेका छन् ।

सम्बन्धित समाचार:

नख्खु कारागारमा कैदीबन्दीको नाराबाजी र प्रदर्शन, ८ चौकीदारलाई हटाउन माग

प्रकाशित : भाद्र २१, २०७८ १५:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×