कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेयर बजारमा सामान्य सुधार

काठमाडौँ — धितोपत्र बजारमा सेयर कारोबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक साताको चौथो दिन बुधबार २९७६.९८ बाट बढेर २९७७.२९ विन्दुमा सेयर कारोबार बन्द भएको हो । 

सेयर बजारमा सामान्य सुधार

साताको चौथो दिन नेप्से ०.०४ प्रतिशतले बढेको हो । ठूला कम्पनी सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.१७ अंकले बढेर ५५०.६९ विन्दुमा पुगेको छ । कारोबार भएको १३ उपसमूहमध्ये बुधबार चार उपसमूहको सेयर उकालो लागेको छ भने बाँकी नौ उपसमूहको सेयर भने ओरालो लागेको छ ।

बुधबार होटल तथा पर्यटनको सेयर बढेको छ । त्यस्तै बैंकिङ ०.४, होटल तथा पर्यटन ३.७६, लाइफ इन्स्योरेन्स ०.४४, इन्भेस्टमेन्ट ०.०१ को सेयर कारोबार बढेको छ । त्यस्तै ट्रेडिङ ०.२, विकास बैंक ०.७, हाइड्रो पावर ०.५८, फाइनान्स २.७५, ननलाइफ इन्स्योरेन्स ०.४६, उत्पादन ०.०४, माइक्रो फाइनान्स ०.११ तथा म्युचुअल फण्ड ०.३८ विन्दुले घटेको छ ।

आज २२६ वटा कम्पनीको कारोबार भएको छ । १ करोड ७१ लाख ८२ हजार ८ सय ७१ कित्ता सेयरको ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६ सय ५५ रुपैयाँ बराबर कारोबार भएको छ ।बुधबार अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ५९ करोड ९९ सय लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै रुरु जलविद्युत परियोजना कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

कम्पनीको सेयर मूल्य ७.५५ प्रतिशतले बढेर १ हजार ४ सय ४८ रुपैयाँ पुगेको छ । ओरियन्टल्स होटल लिमिटेड ६.१४, युनाइटेड मोदी हाइड्रो पावर लिमिटेड ६.०४, हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेड ६.०२ , सोल्टी होटल लिमिटेड ५.७३ ,मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड ४.००, कालिका पावर कम्पनी लिमिटेड ३.९९, नयाँ सारथी लघुवित्त वित्तीय सस्था लिमिटेड ३.४५, हिमालयन पावर पार्टनर लिमिटेड ३.४३, शीर्ष स्थानमा रहेका छन ।

आज भएको कारोबारमा सनराइज फस्ट म्युचुअल फण्ड ९.९८, खानीखोला हाइड्रो पावर कम्पनी लिमिटेड ७.७७, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेड ६.२७ कर्पोरेट विकास बैँक लिमिटेड ५.७५, आईसीएफसी फाइनान्स लिमिटेडले ५.२८ प्रतिशतले गुमाएका छन् ।

-यसअघि समाचारमा नेप्से परिसूचक दोहोरो अंकले बढ्यो हुन गएकोमा भूलसुधारसहित सच्याइएको छ । -सम्पादक

प्रकाशित : भाद्र १६, २०७८ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?