२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

नेप्सेमा उच्च अंकको वृद्धि, ९ कम्पनीको सेयरमा सकारात्मक सर्किट

रासस

काठमाडौँ — धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार उच्च अंकले वृद्धि भएको छ । गत साता सामान्य अंकले सुधार भएको बजारमा यस साताको पहिलो कारोबार दिन नै नेप्सेमा ५४.३१ विन्दुले उकालो लागेर तीन हजार ५८.६३ मा पुगेको छ ।

नेप्सेमा उच्च अंकको वृद्धि, ९ कम्पनीको सेयरमा सकारात्मक सर्किट

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.७४ विन्दुले बढेर ५७४.०२ मा पुगेको छ । नेप्सेमा उच्च अंकको वृद्धिसँगै कारोबार रकम पनि आज उल्लेख्य वृद्धि भएको छ । कुल २२३ कम्पनीको चार करोड ३९ लाख ३९ हजार २१२ कित्ता सेयर रु १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७२ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर ओरालो लाग्दा ११ उपसमूहको सेयर उकालो लागेको छ । होटल तथा पर्यटन २२.५ र सामूहिक लगानी कोष ०.२४ विन्दुले घटेको छ । यस्तै, बैंकिङ ७२.१४, व्यापार २.७१, विकास बैंक १३, जलविद्युत् ७१.६, निर्जीवन बीमा ४८.४२, उत्पादन ७१.८६, अन्य ६.६, लघुवित्त ८६.२३, जीवन बीमा ३०.८६ र लगानी ०.०४ विन्दुले बढेको छ ।

कारोबारका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४९ करोड ७६ लाख ६५ हजार १८२ मूल्यमा खरिद बिक्री भए । यस्तै, ग्लोबल आइएमई बैंक रु ४९ करोड ४४ लाख ३९ हजार , एनसिसी बैंक रु ३४ करोड ७८ लाख ९८ हजार ५६८, अरुण काबेली पावर रु ३४ करोड दुई लाख ६५ हजार ५३७ र एनआईसी एसिया बैंक रु ३३ करोड ८० लाख ४५ हजार ३५१ बराबरको कारोबार भइ शीर्ष स्थानमा रहेको छ ।

नेप्सेका अनुसार विशाल बजार कम्पनी, ङादी ग्रुप अफ पावर, सर्पोट माइक्रोफाइनान्स राधी विद्युत् कम्पनी पञ्चकन्या माई हाइड्रोपावर, कालिका पावर कम्पनी, जोशी हाइड्रोपावर, युनिभर्सल पावर र हमालयन ऊर्जा विकास कम्पनीको सेयरमा १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लागेको छ ।

लक्ष्मी उन्नती कोष ३.९५, कुमारी इक्विटी फण्ड ३.७०, लक्षमी बैंकको ऋणपत्र ३.३०, ओरियन्टल होटल २.८८ र प्रभु सेलेक्ट फण्डका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाए । आजको कारोबारपछि बजार पूँजीकरण रु ४२ खर्ब ५४ अर्ब ७५ करोड ३० लाख ३३ हजार ७५६ बराबर पुगेको छ ।

प्रकाशित : श्रावण १०, २०७८ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?