कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

श्रमिक उद्धारका नाममा अति महँगो भाडा

होम कार्की

काठमाडौँ — साउदीमा कार्यरत सुवास राईले नेपाल जाने टिकट भेटाएका छैनन् । साउदीबाट नेपाल आउने सिधा उडान छैन । सरकारले कतारबाट आउने विमानलाई सातामा दुई पटक मात्रै यात्रु लिएर आउने उडान अनुमति दिएको छ । कतारबाट आउने कतार एयरवेजको एकतर्फी टिकटको मूल्य १० हजार रियाल (करिब ३ लाख रुपैयाँ) मागिएको छ ।

श्रमिक उद्धारका नाममा अति महँगो भाडा

‘मलाई साउदीबाट कतार हुँदै नेपाल जान १० हजार रियाल माग्यो । हामीलाई गाह्रो छ’, उनले भने, ‘जबसम्म नियमित उडान खुल्दैन, तबसम्म खाडीको बसाइ नै लम्ब्याउनु उचित देखिन्छ । नगई नहुने परिस्थिति परे पनि जान नसकिने अवस्था छ ।’ सरकारले खाडीमा कार्यरत नेपालीलाई स्वदेश आउन कतारबाट मात्रै अनुमति दिएको छ । यसले गर्दा टिकटको मूल्य अत्यधिक बढाइएको छ । साउदीबाट नियमित उडान हुँदा दमामदेखि काठमाडौंसम्मको हवाई भाडा न्यूनतम ६ सयदेखि अधिकतम १२५० रियाल पर्थ्यो । हिमालय एयरलाइन्सले मात्रै दमामबाट सिधै उडान गर्दै आएको छ । जुन १४ तारिखमा हिमालय एयरलाइन्सले पहिलो पटक चार्टर गर्न अनुमति पाएको छ । चार्टर विमानको भाडा गत वर्षको भन्दा अझ बढी लिइएको छ ।

‘काठमाडौंबाट आउँदा नि यात्रु लिएर आउने, यहाँबाट पनि यात्रु लिएर जाने । गत वर्षको भन्दा अझै महँगो टिकट शुल्क निर्धारण गरिएको छ । सम्बन्धित ट्राभल्स एजेन्सीहरूसँग कुरा गर्दा टिकट महँगो छ भन्ने जानकारी मात्र आउँछ । निश्चित मूल्य बुझ्न ट्राभल्सको कार्यालयमा आउनुहोला भनिन्छ । न्यूनतम साउदी रियाल २७ सयदेखि तीन हजार (९० हजार रुपैयाँ) सम्ममा टिकट खरिदबिक्री भइरहेको छ,’ साउदीमा कार्यरत रविन राईले भने, ‘खाडीमा मासिक ८ सयदेखि १५ सय रियालसम्म कमाउने श्रमिकको पहुँचमा यो उद्धार उडान पुग्छ कि पुग्दैन ?’

पीडित श्रमिकहरूका अनुसार कम्पनीले टिकट नपाएको र महँंगो भएको भन्दै फिर्ता पठाएको छैन । ‘स्वदेश पठाउन कोठामा राखेको सात महिना भयो । अहिले टिकट असाध्यै महँगो छ भन्छ । यही पाराले नेपाल फर्किन नपाइने भयो । नियमित उडान कहिलेदेखि सञ्चालन हुने हो हजुर ?’ नीरस किरातीले भने ।

अन्जान गुभाजु पनि महामारीका बेला सरकारले खाडीमा कार्यरत श्रमिकमाथि झन् अन्याय गरेको बताउँछन् । ‘४० हजार तिरेर साउदी आएको म घर जाँदा लाग्ने खर्च सुनेर मुर्छा नै परुँला जस्तो भएँ । अझ उद्धार उडान रे,’ उनले भने ।

साउदी अरब भौगोलिक हिसाबले निकै ठूलो छ । झन्डै तीन लाख नेपाली श्रमिक कार्यरत छन् । ‘ठूलो जनघनत्व रहेको देशमा नेपाल र साउदीबीच सीधै उडान नहुनु दुःखद छ ।

प्रकाशित : असार ६, २०७८ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?