‘संक्रमण रोक्न सूचना प्रविधिको उपयोग’

काठमाडौँ — कोभिड–१९ को संक्रमण रोक्न सूचना प्रविधिको अधिकतम प्रयोग गर्न क्यान महासंघले सरकारलाई आग्रह गरेको छ । महासंघले बिहीबार जारी गरेको विज्ञप्तिमा वास्तविक समयमा आधारित सूचना प्रणाली बनाउन पनि सरकारसमक्ष ध्यानाकर्षण गराएको छ ।

‘संक्रमण रोक्न सूचना प्रविधिको उपयोग’

‘यसका लागि आवश्यक प्राविधिक सहयोगका लागि पनि क्यान महासंघ सदैव तयार छ,’ विज्ञप्तिमा भनिएको छ, ‘वास्तविक समयमा आधारित सूचना प्रणालीमा आधारित रहेर सेयर बजारलगायत अन्य क्षेत्रबाट सरोकारवालाले फाइदा लिइरहेको अवस्थामा स्वस्थ्य क्षेत्र अछुतो रहनु सुखद कुरा पक्कै पनि होइन ।’

सरकारसँग बारम्बार अनुरोध गर्दा पनि सूचना तथा सञ्चार प्रविधि क्षेत्र अत्यावश्यक सेवामा पर्न नसकेको विषयमा पनि क्यान महासंघको गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ । सरकारले वैशाख १६ देखि लागू गरेको निषेधाज्ञाका समयमा अहिले अत्यावश्यक खाद्यान्नबाहेक अन्य वस्तुको बिक्रीवितरण रोक लगाइएको छ । दूरसञ्चार क्षेत्रलाई सरकारले अत्यावश्यक सेवामा राखे पनि कम्प्युटरजन्य सामग्रीको बिक्रीवितरण तथा मर्मत बन्द छ ।

निषेधाज्ञाका बेला अनलाइन माध्यमबाटै पठनपाठन सञ्चालनमा रहे पनि त्यसका लागि आवश्यक हुने कम्प्युटर तथा मोबाइलका बिक्रीवितरण तथा मर्मत सेवा बन्द हुँदा निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनमा कठिनाइ हुने भन्दै महासंघले ध्यानाकर्षण गराएको छ । निषेधाज्ञाका बेला अत्यावश्यक सामग्रीको किनमेल गर्न घरबाहिर निस्कनुभन्दा होम डेलिभरी गराउनु सुरक्षित भएको र यसका लागि आवश्यक प्रबन्ध मिलाउन पनि क्यान महासंघले माग गरेको छ ।

प्रकाशित : जेष्ठ ७, २०७८ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?