‘पठाओ सेवा बन्द गर्न भनेका छैनौं’

चैत्र १०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — महानगरीय ट्राफिक प्रहरी महाशाखाले पठाओ सेवा बन्द गर्नेबारे कुनै निर्णय नभएको जनाएको छ ।

महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले पठाओलाई व्यवस्थित रुपमा सेवा दिन भनिएको भएपनि बन्द गर्नेबारे कुनै निर्णय नभएको प्रस्ट पारे । 

‘सबैतिरबाट पठाओ सेवा बन्द गर्ने निर्णय गरेको हो भन्दै सोध्ने गरिएको छ,’ उनले भने, ‘हामीले कुनै बन्द गर्ने निर्णय गरेका छैनौं,तर पठाओबारे गुनासा भने धेरै आएको हुँदा यसलाई व्यवस्थित रुपमा चलाउन जानकारी गराएका मात्र हौं ।’  

कान्तिपुर

Link copied successfully