कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरु भयो रोलिङ नेक्सस डटकम

काठमाडौँ — व्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस डटकमको औपचारिक सुरुवात गरिएको छ ।

एक वर्षअघि स्थापना भए पनि यसको औपचारिक सुरुवात बिहीबार भएको हो । यो एउटा अनलाइनमा आधारित व्यावसायिक सञ्जाल हो, जसको उद्देश्य दक्षता अभिवृद्धि, रोजगारी सिर्जना, प्रवद्र्धन एवं पियर टू पियर सेयर्ड इकोनोमीको अवधारणामा रहेर अवसर र सम्भावनाको खोजी गर्ने, उद्यमशीलता प्रवद्र्धन गर्ने र व्यावसायिक वृद्धि गर्नु रहेको रोलिङ नेक्सस कम्पनीले बताएको छ ।

यो सञ्जालको प्लेटफर्म प्रयोग गर्न व्यक्ति र व्यवसायीले यसमा लगइन गरी आफ्नो प्रोफाइल बनाउनुपर्छ । त्यसपछि आफूले खोजेअनुसारको सेवा प्राप्त गर्न सहज हुने छ ।

प्रकाशित : भाद्र २७, २०७७ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?