कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना महामारी रहेसम्म अन्तरबैंक एटीएम कारोबारमा शुल्क नलाग्‍ने

काठमाडौँ — कोरोना महामारी रहेसम्म एउटा बैंक तथा वित्तीय संस्थाको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थामा प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ ।

कोरोना महामारी रहेसम्म अन्तरबैंक एटीएम कारोबारमा शुल्क नलाग्‍ने

राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति जारी गर्दै एउटा वित्तीय संस्थाको एटीएम अर्को संस्थामा प्रयोग गर्दा शुल्क नलाग्ने जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैठका गभर्नर महाप्रसाद अधिकारीले अन्तर बैंक एटीएम कारोबार गर्दा पैसा नलाग्ने बताएका हुन् ।

यसअघि नेपाल बैंकर्स संघले अन्तर बैंक एटीएम कारोबारसँगै अन्य विद्युतीय भुक्तानीमा शुल्क लाग्ने बताएका थिए ।

कोरोना लकडाउन सुरु गरेपछि सरकारले एक वित्तीय संस्थाको एटीएमले अर्को संस्थाको एटीएमबाट कारोबार गर्दा शुल्क नलाग्ने निर्णय गरेको थियो ।

प्रकाशित : श्रावण २, २०७७ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?