१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा २ अर्ब ११ करोड संकलन

रासस

काठमाडौँ — कोरोना भाइरस संक्रमण नियन्त्रण तथा उपचार कोषमा अहिलेसम्म दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ 
रुपैयाँ संकलन भएको छ ।

कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा २ अर्ब ११ करोड संकलन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार मंगलबार मात्र एक करोड ३५ लाख तीन हजार ४२० रुपैयाँ कोषमा जम्मा भएको छ ।

मंगलबार एभरेष्ट बैंकले ६० लाख रुपैयाँ, राष्ट्रिय योजना आयोगबाट चार लाख ६६ हजार २३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी कर्मचारीको तर्फबाट तीन लाख ९२ हजार ९१३, भेरी प्राविधिक शिक्षालय दुई लाख ९४ हजार ८५५, न्याय हेल्प नेपाल दुई लाख ७१ हजार २०, नाम नामेसी नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाबाट ४५ लाख ५८ हजार ५९ सङ्कलन भएको छ ।

सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका सहयोग पुर्‍याउन कोष स्थापना गरेको हो । कोषमा संकलन भएको रकम रोकथाम र नियन्त्रणका लागि सरकारले खर्च गर्ने बताएको छ ।

प्रकाशित : वैशाख १०, २०७७ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?