कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनओसी नभए पनि विदेशमा पढिरहेका विद्यार्थीलाई एक पटक पैसा पठाउन पाइने  

काठमाडौँ — नो अब्जेक्सन लेटर (एनओसी) नभए पनि विदेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई उनीहरूका आफन्तले एक पटकका लागि पैसा पठाउन पाउने भएका छन् ।

एनओसी नभए पनि विदेशमा पढिरहेका विद्यार्थीलाई एक पटक पैसा पठाउन पाइने  

गत शुक्रबार राष्ट्र बैंकले परिपत्र जारी गरी साइप्रसमा अध्ययनरत एनओसी नभएका नेपाली विद्यार्थीका लागि मात्र यस्तो सुविधा दिएको थियो ।

सरकारको निर्देशनमा बुधबार राष्ट्र बैंकले सबै राष्ट्रमा अध्ययनरत नेपालीलाई यस्तो सुविधा दिएको हो । यो विदेशी मुद्रा सटही सुविधा मात्र हो । कोभिड–१९ का कारण विभिन्न देशमा रहेका विद्यार्थी प्रभावित भएपछि दैनिक गुजराका लागि एक पटकका लागि पैसा पठाउने सुविधा दिइएको हो ।


एनओसी लिएर अध्ययनका लागि विदेश गएका विद्यार्थीलाई पैसा पठाउन पाउने सुविधा भने यसअघि नै थियो । सामान्य अवस्थामा एनओसी सुविधा नलिई विदेशमा पढ्न पाइँदैन । तर साइप्रसका केही कलेजमा एनओसी नलिएका विद्यार्थी पनि अध्ययन गरिरहेका छन् ।

प्रतिविद्यार्थी बढीमा ५ सय अमेरिकी डलर (करिब ६० हजार रुपैयाँ) वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा पठाउन पाइनेछ । गत आइतबार सरकारले विदेशमा रहेका नेपाली विद्यार्थीलाई खर्च अभाव नहोस् भनेर न्यूनतम रकम सटही सुविधा दिने निर्णय गरेको थियो ।


प्रकाशित : चैत्र १९, २०७६ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?