कोरोना महामारीमा राहत प्याकेज: यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

चैत्र १६, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलने त्राससँगै गत सोमबारबाट सरकारले ‘लकडाउन’ गरेपछि यसले दैनिक ज्यालादारीदेखि अर्बौं रुपैयाँ ऋण लिने उद्योगपतिलाई असर गरेको छ ।

यही विषयलाई दृष्टिगत गरी सरकारले दर्जनभन्दा बढी निर्णय गरी आर्थिक सहुलियतका कार्यक्रम ल्याएको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् निर्णयले खान नपुग्नेहरूलाई खाद्यान्न वितरण गरी अर्बौं रुपैयाँ वैदेशिक सहयोग लिने निर्णय गरेको हो । निर्णयका मुख्य अंश यस्ता छन्— 


खान नपुग्नेलाई स्थानीय तहले खाद्यान्न वितरण गर्नुपर्ने


रोजगारदाताले नै तलब दिनुपर्ने


एक महिनाको घरभाडा छूुट हुनुपर्ने

सरकारी खाद्य कम्पनीबाट खाद्यान्न किन्दा १० प्रतिशत छुट

इन्टरनेटमा २५ प्रतिशत छूट


स्वास्थ्यकर्मीलाई २५ लाखको बिमा


विद्यालयले एक महिनाको शुल्क लिन नपाउने

 

भन्सार छुट

 

कर बुझाउने समय थप


सुन आयत १० किलो मात्रै


६० लाखभन्दा बढीको सवारी आयात रोक

सवारी नवीकरणको समय थप

 

खरिद सम्झौताको समय एक महिना थप

स्रोतको व्यवस्थापन वैदेशिक सहायता र रकमान्तर

 

अन्तर्राष्ट्रिय आर्थिक सहायता परिचालन गर्ने

कान्तिपुर

Link copied successfully