रोबोटले बनाइरहेको बीवाइडी कारखाना पुग्दा

एक मिनेटभन्दा कम समयमै कार बन्ने ठाउँमा रोबोटको भीड देखिन्थ्यो । मान्छे फाटफुट्ट रूपमा कहीँकतै भेटिन्थे । एकोहोरो रोबोटले अह्राए अनुसारको काम गरिरहेका थिए । यो दृश्य देख्दा लाग्थ्यो अब मानिसद्वारा गर्ने काम करिब–करिब सकियो, रोबोट युग सुरु भयो ।

जेष्ठ ८, २०८३

विमल खतिवडा

When we arrived at the BYD factory where robots were building

What you should know

झेङ्झाउ, चीन — काठमाडौंमा छँदा अनेकन् मोडल र सुविधाका विद्युतीय गाडी देख्दा लाग्थ्यो, यी बन्छन्‌चाहिँ कहाँ ? बनाउँछन्‌चाहिँ कसरी ? मनमा यस्तै जिज्ञासा भएको म वैशाख अन्तिम साता चीन पुगे । त्यो पनि चिनियाँ बजारमा मात्रै नभएर नेपालमा पनि बलियो उपस्थिति बनाइरहेको बीवाइडी नेपालको आधिकारिक बिक्रेता साइमेक्स इन्क र अभानी विज्ञापन एजेन्सीको समन्वयमा । वैशाख २३ देखि २९ सम्मको यो भ्रमणमा मसँगै थिए अन्य पत्रकार कन्टेन्ट क्रिएटर, इन्फ्लुएन्सरसहित दुई दर्जन सञ्चारकर्मी । यो यात्रामा हामी गोन्जाउ हुँदै झेङझाउ र सेन्जेन पुग्यौँ । 

कार बनाउने ठाउँमा पक्कै धेरै मान्छे होलान् । भीडभाड र भ्यानभ्याइ होला । अनि बजारमा जान तयारी अवस्थामा राखिएका गाडीहरूको लस्कर पनि होला । मैले यस्तै सोचेको थिए । अनि त्यहाँ पुगेर प्रशस्तै फोटो र भिडियो पनि खिच्ने योजना पनि बनाएको थिएँ । 

When we arrived at the BYD factory where robots were building

गोन्जाउलाई ट्रान्जिट बनाएर हामी चीनको झेङ्झाउ सहर पुग्यौं । चिनियाँ सहर सुन्दर त थिए नै, विशाल पनि उत्तिकैका । काठमाडौंका सडकमा चोक चोकमा ट्राफिक प्रहरी  देखेको मलाई यहाँका सडकमा गाडीको ताँती हुँदा पनि ट्राफिक प्रहरी नदेख्दा फरक अनुभव भयो । सडकमा मोटरसाइकल त देखिँदै देखिएन । इभी (विद्युतीय) स्कुटर भने प्रशस्तै देखिए । त्यसका लागि छुट्टै लेनको पनि व्यवस्था रै'छ ।

झेङझाउको सडकमा बीवाइडी कार छ्याप्छ्याप्ती गुडिरहेका देखिन्थे । यस्तै, दृश्य नियाल्दै झेङ्झाउकै डि-स्पेस परिसरमा पुग्यौं । त्यहाँ हामीलाई बीवाइडीको अवधारणा कसरी आयो ? कुन सालमा बीवाइडीको कुन मोडल आयो ? कसरी बीवाइडी कारहरु बने ? भनेर सबैकुराको बेलिबिस्तार लगाइयो ।

त्यसपछि सबैको चासो र पुग्नैपर्ने बीवाइडी कार उत्पादन गर्ने कारखानातिर लाग्यौं । १०.६७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको एयरपोर्ट इकोनोमी जोनमा रहेको बीवाइडीको कारखाना पुग्दा सुनसान थियो । तर, कारखाना प्रवेशमा कडाइ गरिएको थियो । भिडियो र फोटो खिच्न प्रतिबन्ध थियो । कारखाना छिर्दै गर्दा हाम्रो २४ जनाको टिमलाई बीवाइडी नेपालका कन्ट्री म्यानेजर लिन जिलले कारखानाबारे बुझाउने जिम्मेवारी लिएका थिए ।

When we arrived at the BYD factory where robots were building

उनले बोलेको आवाज सुन्न सबैलाई ब्लुटुथको व्यवस्था गरिएको थियो । कारखानाको क्षमता, कसरी काम भइरहेको छ लगायतबारे अंग्रेजी भाषामा भन्थे । उनले भनेका यी सबै कुरा ब्लुटुथमार्फत सबैको कानमा पुग्थ्यो । उनले एक मिनेटभन्दा कम समयमा एउटा बीवाइडी कार तयार हुने कुरा भनिरहँदा मसहित कारखानाको अवलोकन गरिरहेकाहरू आश्चर्यमा पर्‍यौं । कसरी सम्भव भयो यस्तो भन्ने सबैको मनमा परिरह्यो । 

उनले भनेका कुरा कारखाना भित्र भइरहेको कामले नै पुष्टि गरिरहेको देखिन्थ्यो । कारखानामा  विद्युतीय सवारी, मुख्य पार्टपुर्जा, पावर ब्याट्री, नयाँ सामग्री तयार हुन्छ । कार बनाउने ठाउँमा रोबोटको भीड देखिन्थ्यो । मान्छे फाटफुट्ट रूपमा कहीँकतै भेटिन्थे । एकोहोरो रोबोटले अह्राए अनुसारको काम गरिरहेका थिए । यो दृश्य देख्दा लाग्थ्यो अब मानिसद्वारा गर्ने काम करिब–करिब सकियो, रोबोट युग सुरु भयो । 

When we arrived at the BYD factory where robots were building

जहाँ कारका पार्टपुर्जा जोड्ने, त्रुटि पहिल्याउने जस्ता काम रोबोटबाटै भइरहेको थियो । सेप्टेम्बर २०२१ मा बीवाइडीले झेङ्झाउ एयरपोर्ट इकोनोमी जोनमा कार र ब्याट्री कारखाना सञ्चालनमा ल्याएको हो । बीवाइडी कारखानामा अत्याधुनिक विद्युतीय सवारी र कारका मुख्य पार्टपुर्जा बनाइन्छ । विद्युतीय कार उत्पादनका मुख्य प्रक्रिया स्ट्याम्पिङ, वेल्डिङ, पेन्टिङ र एसेम्बलिङका साथै बीवाइडीले यहाँ अन्य महत्त्वपूर्ण कारखाना पनि स्थापना गरेको रै'छ । 

जहाँ सवारीसाधनका मोटर, इलेक्ट्रोनिक कन्ट्रोल, पावर सप्लाई, पावर ट्रेन, एयर कन्डिसनिङ, स्टेयरिङ, ट्रिम, बत्ती, फ्रेम, सिट र अन्य प्रमुख पार्टपुर्जाका साथै ब्लेड ब्याट्री पावर तयार हुन्छ । झेङ्झाउमा बीवाइडी तयार पार्न आवश्यक सबै संरचना तयार गरिएको छ । कारखानाको मुख्य प्रतिस्पर्धात्मक क्षमता यसको ९८ प्रतिशत स्वचालन दर हो, जसले विश्वकै अग्रणी इन्टेलिजेन्ट म्यानुफ्याक्चरिङ स्तरलाई प्रदर्शन गर्दछ । 

कारखानामा प्रत्येक ५९ सेकेन्डमा एउटा नयाँ कार तयार हुन्छ । अहिले दैनिक १५ सयदेखि १७ सयसम्म कार तयार हुने गरेको छ । कारखानाको वार्षिक उत्पादन क्षमता ४ लाख युनिट रहेको छ । जसलाई विस्तार गरेर १० लाखभन्दा बढी गाडी उत्पादन गर्ने लक्ष्य कारखानाको छ । यो बीवाइडीको सबैभन्दा ठूलो प्लान्ट हो । 

यहाँ बीवाइडीका अनुसार ९८ प्रतिशत वेल्डिङको काम रोबोटद्वारा हुने गरेको छ, जहाँ १ हजार ५ सय रोबोट परिचालित छन् । नेपालबाट बीवाइडी कारखाना अवलोकनमा पुगेका पत्रकारलाई जानकारी दिँदै जिलले छोटो समयमै कम्पनीले रोबोटको सहायतामा ठूलो उपलब्धि हासिल गरेको सुनाए । लिन जिलका अनुसार कम्पनीका रिसर्च एन्ड डेभलभमेन्ट इकाईहरूमा मात्रै एक लाख २० हजारभन्दा बढी कार्यरत छन् । जहाँ प्रत्येक तीन सेकेन्डमा एउटा पावर ब्याट्री सेल तयार हुने कुरा पनि उनले सबैलाई सुनाए ।

कारखानामा काम गर्ने कर्मचारीलाई प्रत्येक दुई घण्टामा १० मिनेट रेस्ट गर्ने समय दिइएको रै'छ । यो कुरा पनि गज्जब लाग्यो । 

When we arrived at the BYD factory where robots were building

झेङझाउमा हामीले कार मात्र हेरेनौं ।

बीवाइडीको यु–९ रेस कारको मज्जा पनि लियौं । रेस ट्र्याकमा कार कुदाउने व्यवस्था गरिएको थियो । रेस कारलाई सुरुमा डान्स गराइयो । यी आकर्षक कारले सबैको ध्यान खिच्यो । आकाशे निलो र रातो रंगका कारहरूको अघिल्तिर उभिएर फोटो र भिडियो खिच्न हामीबीच प्रतिस्पर्धा नै चल्यो । पछि यही कारमा सँगै गएका साथीहरूले रेस ट्र्याकमा सहभागी भए । कतिले त आफैं चलाएर यसको अनुभव बटुले । मरुभूमि, उकालो, ओरालो, पानीमा, अफ रोडमा र तीव्र गतिमा पनि बीवाइडीका विभिन्न मोडलका कारहरू चलाएर सहभागीहरूलाई देखाइएको थियो । 

त्यसपछिको यात्रा हाम्रो सेन्जेन सहरतिर मोडियो । जहाँ सुरुमै हामी बीवाइडी हेडक्वार्टर पुग्यौं । त्यही क्षेत्रमा रहेको म्युजियम हेर्‍यौं । जहाँ बीवाइडी सुरु गर्दैगर्दा स्थापना गरिएका कार्यालय, बनेका कारका नमुनाहरू राखिएको थियो । ब्याट्रीको इतिहास झल्काउने ब्याट्री, सहरी सवारीसाधनको समस्या समाधान गर्न बीवाइडीले आफैं विकास गरेको रेल पनि यही तयार हुने रै'छ । 

When we arrived at the BYD factory where robots were building

यसको नमुना हामीले म्युजियममा देख्न पायौं । जहाँ अहिलेसम्म बीवाइडीले सार्वजनिक गरेका कारलाई खेलौना आकारमा भित्तामा सजाएर राखिएको दृश्य नौलो लागेको थियो । त्यस्तै, सेन्जेनमै करिब ९ मिनेट अर्थात् ८ मिनेट २६ सेकेन्डमा ९७ प्रतिशत कार चार्ज हुने ‘फ्ल्यास चार्जिङ’बारे प्रत्यक्ष हेर्न पाइयो ।

When we arrived at the BYD factory where robots were building

९ मिनेटको फ्ल्यास चार्जिङले ९ सय ८८ किलोमिटरसम्म विद्युतीय कार गुडाउन सकिने रहेछ । बीवाइडीले चीनभर ठूलो संख्यामा फ्ल्यास चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । चीनका विभिन्न सहर तथा स्थानमा ४ हजार २ सय ३९ स्टेसन निर्माण भइसकेका छन् । सन् २०२६ को अन्त्यसम्म चीनभर यस्ता २० हजार स्टेसन सञ्चालनमा ल्याउने बीवाइडीको तयारी रै'छ ।

When we arrived at the BYD factory where robots were building

निरन्तर प्राविधिक नवीनता (इनोभेसन) बाट मात्र कुनै पनि कम्पनीले समाजका लागि केही अर्थपूर्ण काम गर्न सक्ने बीवाइडी कम्पनीका एसिया प्यासिफिक क्षेत्रका महाप्रबन्धक लिउ सुलियाङ सुनाए । सन् २००४ मा पहिलो पटक प्रस्ताव गरेको प्राविधिक सपना पछ्याउँदै २० वर्ष बिताएको सुनाउँदै उनले २०२४ सम्ममा त्यो लक्ष्य हासिल गर्न सकेको सफलताको कथा पनि सुनाए । उनी भन्दै थिए, ‘हामी सपना सिर्जना गर्ने, पछ्याउने र त्यसलाई पूरा गर्ने कम्पनी हौं । हामी सिर्जना गर्छौं र त्यसलाई पूरा गर्छौं ।’

When we arrived at the BYD factory where robots were building

यो बीचमा झेङझाउमै रहेको प्राचिन शाओलिन कुङ फु मन्दिर पनि पुग्यौं । यो मन्दिर चिनियाँ कुङ फुको जन्मभूमि र जेन बौद्ध धर्मको उद्गमस्थल रै'छ । 

When we arrived at the BYD factory where robots were building

यस प्रकारको इनोभेसनबाट मात्र कुनै पनि कम्पनीले समाजका लागि केही अर्थपूर्ण काम गर्न सक्ने सुलियाङको बुझाइ थियो । ‘सोच्नुस् त, २० वर्षअघि विद्युतीय सवारीसाधनमा कसलाई चासो थियो ?’ सुलियाङले हामीसँगको भेटमा भन्दै थिए, ‘सन् २००४ बेइजिङ इन्टरनेसनल अटो शोमा हामी सहभागी भएका थियौं । हामीले आफ्नो पहिलो इलेक्ट्रिक कन्सेप्ट कार प्रदर्शन गरेका थियौं, त्यो कार अहिले झेङझाउ संग्रहालय (म्युजियम) मा छ ।’

उनले नेपालको प्रसंग पनि कोट्याए । बीवाइडीको महत्त्वपूर्ण बजार भएको भन्दै सुलियाङले नेपालको प्रशंसा गरे । ‘करिब १० वर्षअघि पहिलो पटक मैले नेपालको भ्रमण गरेको थिएँ, त्यो बेला ममा के छाप परेको थियो भने त्यहाँ बिजुलीको अभाव छ । नेपालले कसरी विद्युतीय सवारीको विकासमा सघाउन सक्ला भन्ने थियो,’ सुलियाङले नेपाल भ्रमणको प्रसंग सुनाउँदै हामीलाई भने, ‘तर त्यहाँका सरकारी अधिकारी र साझेदारसँग कुराकानी गरेपछि नेपालको भावी विकासलाई लिएर सबै जना आशावादी भएको देख्दा निकै प्रभावित भएँ ।’ हाम्रो छोटो, तर महत्त्वपूर्ण बीवाइडी कार र ब्याट्री कारखानाको यात्रा सेन्जेन सहरमा आएर टुंगियो । यहाँबाट हामी दुई घण्टाको बस यात्रामा गोन्जाउ पुग्यौं र बीवाइडी गाडी उत्पादनमा देखिएको क्रान्तिको खबर बोकेर नेपाल फर्कियौं ।

When we arrived at the BYD factory where robots were building

When we arrived at the BYD factory where robots were building

When we arrived at the BYD factory where robots were building

When we arrived at the BYD factory where robots were building

When we arrived at the BYD factory where robots were building

When we arrived at the BYD factory where robots were building

When we arrived at the BYD factory where robots were building

When we arrived at the BYD factory where robots were building

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully