कसरी प्रिमियम गन्तव्य बनाउने प्रश्नमा एउटा उदाहरण दिन चाहन्छु । एउटा अन्तर्राष्ट्रिय एयरलाइन्सलाई हर्यौं भने उनीहरूको फस्ट, बिजनेस र इकोनोमी क्लास हुन्छ । त्यो भन्नुको अर्थ समग्रमा सबै जना एउटै ठाउँमा हुन्छन् । यो भनेको एउटा देशले सबै जना मिलाएर राजस्व धेरै लिएर आउँछन् भन्ने कुरा हो ।
मानिसहरू कसरी आउँछन् ? को आउँछन् ? भन्ने कुरा हेर्दा पर्यटन व्यवसायमा भनिन्छ— सेग्मिेन्टनिङ, टार्गेटिङ र पोजिसनिङ । कसरी ? कुन टार्गेट हो पर्यटनमा प्रिमियमको कुरा हो । यसको उदाहरणका लागि एउटा मानिस चार्टर्ड प्लेन लिएर पोखरा आउँछ र हेलिकप्टर लिएर गएर सिन्थामणिमा बस्छ । उसलाई हिमालसँग नजिक बस्न मन छ । सोही समयमा कसैसँग सम्पर्क गर्न छैन । त्यस्तो मानिसहरू पनि आइरहेका छन् । बिल गेट्सको पारिवार आएको थियो भन्ने कुरा मैले समाचारबाटै थाहा पाएको थिएँ ।
तर फेरि त्यस्तै प्रिमियम सेग्मेन्टमा हेर्ने हो भने एक जना फेमस हलिउड डिरेक्टर स्भिन पिलबर्ग आए । उनी निकै समयअघि लेकसाइडतिर बसेका थिए । केही वर्षअघि उनी फेरि आए । यसमा हामीले बाहिरबाट आएका चर्चित सेलिब्रेटीहरूका माध्यमबाट नेपालको पर्यटनको ब्रान्डिङ धेरै अगाडिदेखि गरिरहेको जस्तो लाग्छ । तर हामी यसमा उत्कृष्ट छैनौं ।
स्विट्जरल्यान्डलाई चर्चित बनाउन भारतीय अभिनेता र निर्माताको हात छ । हामीले पनि त्यसरी ब्रान्डिङ गर्न सकिन्छ । हामीले भारतीय पर्यटक चाहिएको हो भने भारतीय इन्फ्लुएन्सर ल्याउनुपर्यो । त्यसैगरी चिनियाँ पर्यटक ल्याउनुपर्यो भने चिनियाँ इन्फ्लुयन्सर ल्याउनुपर्यो । हामीले कसलाई लिएर आउन खोजेका छौं ? के चाहन्छौं ? भन्ने थाहा भयो भने हामीले लिएर लिन आउन सक्छौं ।
हामीले पर्यटनको कथा बिक्री गरिरहेको छौं तर त्यो हिमाल चढ्ने मात्रको भयो । हाम्रो संस्कार र प्राकृतिक स्रोतसाधन छ । यसमा उदाहरण दिनुपर्दा म एउटा भारतीय महिला नागरिक छु । मेरो दुई दिन बिदा हुन्छ । शनिबार र आइतबार बिदा भए त्यसमा शुक्रबार थप गरी तीन बिदामा यात्रा गर्न खोज्छु । यात्रा गर्न खोज्दा हाम्रो वरिपरि हेरौं । अब के म नेपाल आउन सक्छु ? म के नेपाल आएर जनकपुर एक्लै जान सक्छु ? के एक्लै हाइकिङ गर्न सक्छु ? काठमाडौं र पोखरा आएर एक्लै बेलुका क्लबिङ गर्न सक्छु ? यी प्रश्नमा नेपालमा गर्न सकिन्छ । स्वतन्त्र र बहादुर जुनै वर्गका लागि नेपालमा यी सबै गर्न सकिन्छ । यो सुरक्षाको विषयमा खै त कथा बनेको ? के यी सब भारत, बंगलादेश र पाकिस्तानमा गर्न सक्छौं ? तर हामी नेपालमा गर्न सक्छौं । मेरो एक जना चिनियाँ साथी उनी चर्चित भ्लगर हुन् । नेपाल आएर एक्लै पुनहिल, जनकपुर र काठमाडौं घुमे ।
अर्को कुरा हामीले कस्तो कथा भन्ने ? मलाई बिहा गर्न मन लाग्यो । एउटा भारतीयले हिमालको छेउमा बिहे गर्न मन लाग्यो भनेर सोध्न सक्छन् । हिमाल हेरेर गन्तव्य बिहा (डेस्टिनेसन वेडिङ) गर्न मन लाग्यो । यसको लागि पोखरा उपयुक्त स्थान हो । क्लिफ, माउन्टेन ग्लोरीको कथालाई हामीले भन्न सकेका छौं ?
(कान्तिपुरले पोखरामा आयोजना गरेको ‘गन्तव्य गण्डकी’ कार्यक्रमको ‘साहसिक यात्रा, स्वप्निल गन्तव्य’ विषयक सत्रमा पहारीले राखेको विचारको सम्पादित अंश)
